Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेखालाई जाडो एलर्जी : प्रियंका भन्छिन्- `लुगा कति लगाउनु ?`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/31

शहरमा जाडोको महसुश हुन थालेको छ । मानिसहरु न्यानो र तातोतिर लागेका छन् । जाडो बढ्न थालेसँगै छोटो पहिरनमा सहज महसुश गर्ने आम युवती जस्तै अभिनेत्रीहरुलाई पनि चिन्ता बढ्न थालेको छ ।

 

जाडोले सबैभन्दा चिन्ता अभिनेत्री रेखा थापालाई पारेको छ । फिल्ममा समेत छोटो पहिरन लगाएर चर्चामा आएकी अभिनेत्री थापालाई जाडो महिना पटक्कै मन पर्दैन रे । प्रायः जसो अनौपचारिक कार्यक्रममा छोटो पहिरनमै देखिने अभिनेत्री थापा भन्छिन्- 'मलाई छोटो कपडा लगाउन नपाएर भन्दा पनि कोल्ड एलर्जी छ, त्यसकारण जाडो महिना मन पर्दैन ।'

 

पछिल्ला फिल्महरुमा भने स्कर्टलाई मनाही गरेकी रेखालाई जाडोमा लगाउने भारी कपडाले पनि बोझ गराउँदो रहेछ । जाडोमा लगाउने ज्याकेट, वुट र स्कार्फ जस्ता पहिरनले शरीरलाई भारी गराउने रेखाको कथन छ । रेखालाई जाडो महिना नपर्नुको अर्को कारण बिहानै सुटिङमा जानु पर्ने भएकाले पनि हो । काली रेखा सुनाउँछिन्- 'म बिहान प्रायः ढिला गरी उढ्छु । अझ जाडोको मौसममा त उठ्नै मन लाग्दैन ।'

 

अभिनेत्री केकी अधिकारीलाई भने रेखालाई जस्तो गर्मी मन पर्दैन । स्वर डेव्यु अभिनेत्रीलाई जाडो मौसम अति नै मन पर्छ । बितेको पल हिरोइनले फिल्मीखबरलाई सुनाइन्- 'मलाई गर्मी भन्दा पनि जाडो मन पर्छ । जाडोमा लगाउने पहिरन मन पर्छ । त्यसैले म जाडोको पक्ष लिन्छु ।'

 

अभिनेत्री प्रियंका कार्की भने गर्मी महिनाको फ्यान हुन् । 'नाइ नभन्नु ल २' मा व्यस्त प्रियंका भन्छिन्- 'जाडोमा धेरै कपडा लगाएर काम गर्ने कुरा आउँदैन । तर, काम गर्नैपर्छ ।' उनले विशेषतः सुटिङमा निस्कंदा जाडोले दुःख दिने गरेको बताइन् । प्रियंका थप्छिन्- 'गर्मीमा छहारीमा पनि शितल लिन सकिन्छ । तर, जाडोमा कहाँबाट न्यानो लिने ? कपडा पनि कति लगाउने ? हिटर तापेर कति बस्ने ?' प्रियंका पनि छोटो पहिरनकी प्रिय हुन् । तर, उनले पहिरनले जाडो महिना मन नपर्ने कुरालाई नकारिन् ।

 

एडल्ट अभिनेत्री सुमिना घिमिरेलाई भने जाडो महिना मन पर्दो रहेछ । तिहार मनाउन गृह जिल्ला सुर्खेत पुगेकी सुमिनाले भनिन्- 'जाडोमा मलाई न्यानो भएर बस्न मन पर्छ ।' पछिल्लो फिल्म स्टार अभिनेत्री घिमिरेले धुलो धुवाँ बढी हुने हुंदा गर्मी मौसम मन नपर्ने बताइन् ।