नाम सुन्दा उस्तै लाग्ने अभिनेता सुमन सिंह र अभिनेत्री सुमिना घिमिरे बिच एउटा समानता छ । व्यावसायिक रुपमा कुनै पनि फिल्म सफल नहुनु यी दुई बिच देखिएको समानता हो । तर, फिल्म नचले पनि यी दुईले छोटो समयमा धेरै फिल्ममा काम गर्ने अवसर पाए ।
सुमन अभिनित फिल्म 'ब्याच नम्वर १६' ले राम्रै चर्चा पायो तर फिल्म व्यावसायिक रुपमा सफल भएन । सुमनका ओम, रङ जस्ता दर्जन फिल्म फल्प बने । केही महिना अघि प्रदर्शनमा आएको ग्याम्वलर नामक फिल्मले पनि सुमनलाई कुनै राहत दिएन । ग्याम्वलर व्यावसायिक हिसाबले पूर्ण रुपमा असफल बन्यो । सुमनले बिचमा एउटा बाहेक अन्य फिल्ममा काम गरेका छैनन् । बुझिए अनुसार सुमन आफैं फिल्म निर्माणको तयारीमा छन् ।
.jpg)
एडल्ट नायिका सुमिना घिमिरे अभिनित पछिल्लो फिल्म स्टार पनि व्यावसायिक रुपमा सफल हुन सकेन । स्टारसँगै सुमिनाका एडल्ट फिल्म नाइन ओ क्लक, अप्रिल फूल र लभ फरेभरले पनि लगानी उठाएनन् । सुमिना अहिले खाली छिन् । तिहार मनाउन सुर्खेत गृहनगर पुगेकी सुमिनाले तिहार पछि सुटिङमा व्यस्त हुने बताइन् । फिल्म बारे उनले केही पनि खुलाउन चाहिनन् ।
सुमिनाले पहिलो फिल्ममै सुमन सिंहसँग फिल्म 'छबिलाल कन्जुस छैन'मा काम गर्ने मौका पाएकी थिईन् । दुर्भाग्य, यो फिल्मी जोडीले व्यवसायिक रूपमा कुनै कमाल देखाउन सकेनन् । अहिलेसम्म अनलक्की मानिदै आएका सुमन र सुमिनाको आगामी फिल्मी भविष्य कस्तो रहला ?

