शैलेन्द्र सिम्खडा प्रखर हाँस्य व्याङ्ग्य कवि हुन् । उनको कविता सुनेर नहाँस्ने सायदै कम होलान् । शैलेन्द्रले विशेष गरी नेपाली राजनीति र रजतपटका विकृतिलाई कविता मार्फत व्यङ्ग्य गर्ने गर्दछन् ।
यसै साता सम्पन्न ५ औं एचटिभि फिल्मीखबर डि सिने अवार्डमा पनि सिम्खडाले आफ्नो चोटिलो हाँस्य कविता प्रस्तुत गरे । उनको कविता सुनेर एकेडेमी हलमा सहभागी दर्शक पेट मिचिमिचि हाँस्न बाध्य भए । सिम्खडाले प्रस्तुत गरेको कविता मध्ये नायिकाको पछि लाग्ने मामाको छोरो भन्ने गद्याशंले सबैलाई आकर्षण गर्यो । तर, केही महिला कलाकारले भने सिम्खडाको व्यङग्य प्रति चित्त दुखाएका छन् ।
एक महिला कलाकारले फिल्मीखबर समक्ष भनिन्- 'आम जनमानसमा नेपाली कलाकारलाई हेर्ने दृष्टिकोण त्यती राम्रो छैन । यस्ता हाँस्य व्यङग्यले कलाकारलाई हेर्ने नजरमा दर्शक माझ राम्रो सन्देन जाँदैन ।' ५ औं एचटिभि फिल्मीखबर डि सिने अवार्डमा शैलेन्द्र सिम्खडाले प्रस्तुत गरेको कविता सुनेर मज्जा लिंन तलको लिङ्कमा क्लिक गर्नुहोला ।

