Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`इच्छा` प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2013/10/30

निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरे निर्देशित फिल्म 'इच्छा'को सुटिङ सकिएको छ । काठमाण्डौ, बनेपा, दाङ, भैरहवा लगायतका स्थानमा सुटिङ गरि २९ औं दिनमा प्याकअप गरिएको निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी गराए ।

 

 

बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कथा बोकेको 'इच्छा'मा दयाहाङ राई, सुवास थापा, शिखा शाही, आयुष्मा कार्की, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई लगायतको अभिनय रहेको छ ।

 

रोम ओली, नविन श्रेष्ठ र लक्ष्मण पौडेलले निर्माण गरेको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्धन्दनिर्देशन, गम्भिर बिष्टको नृत्यनिर्देशन तथा विपिन सागर र करणराज कार्कीको संगीत रहेको छ ।