Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

विनिता बराललाई वास्ता गर्ने को ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/30

चपली हाइटकी विनिता बराल केही महिनादेखि सुटिङ छोडेर सामाखुसी स्थित टोखा गाविसमा अर्गानिक फार्म हाउसमा तरकारी रोप्न र गोड्नमा व्यस्त छिन् । फार्म हाउसमा व्यस्त भएपछि विनिता फिल्म नगरीबाट टाढिएकी छिन् । यद्पी विनितालाई केही विज्ञापन तथा म्यूजिक भिडियोमा भने फाट्टफुट्ट देख्न सकिन्छ ।

 

 

फिल्म नखेले पनि विनिता प्रायः फिल्मी समारोहमा भने उपस्थित हुने गर्दछिन् । यसै साता सम्पन्न ५ औं एचटिभी फिल्मीखबर डि सिने अवार्डमा भाइ भनिएका मोडल दिक्पाल कार्कीसँग विनिता उपस्थित भएकी थिइन् । साडी र व्लाउजमा सजिएकी विनिता कार्यक्रम सुरु भएपछि एकेडेमी हलमा पुगेकी थिइन् । हलको तेस्रो रोमा बसेकी विनिताको कार्यक्रम भरी नै खासै कोहीसँग साक्षत्कार भएन ।

 

 

विनिता स्टेजमा सञ्चालित कार्यक्रम हेरेर बसी मात्रै रहिन् । प्रदर्शनको क्रममा रहेको फिल्म सुपरहिटकी नायिका विनिता कार्यक्रम सकिनै लाग्दा हलबाट बाहिर निस्किइन् । कार्यक्रममा विनिता आइन् कि गइन् कसैले पत्तै पाएनन् । कार्यक्रमको लाइभ प्रसारण गर्ने क्यामेराले पनि अगाडी रोमा बसेका अभिनेत्रीहरु करिश्मा मानन्धर, रेखा थापा, निशा अधिकारी र प्रियंका कार्कीलाई मात्रै देख्यो विनितालाई देखेन ।