कस्टुम स्टाईलिस्ट निलिमा शर्माले आज मंगलबार आफ्नो ३६ औं जन्मदिन मनाएकी छिन् । बानेश्वर स्थित अल्फा बिटा कम्प्लेक्समा नेफ्टा अवार्डको लाहि रिहर्सल गरिरहेकी निलिमाले सोही स्थानमा बर्थडे केक काटिन् ।

निलिमाले आफ्नो जन्मदिन लुकाउन खोजेकी थिईन् । तर, उनको आज बर्थडे रहेको खुलासा भएपछि अभिनेत्री केकी अधिकारीले केक काट्ने वातावरणको सिर्जना गरिन् । 'मैले बर्थडे थाहा नहोस् भनेकी थिएँ तर केकीले केक नै सरप्राईज रूपमा ल्याएपछि सेलिब्रेट नगरी सुखै पाईन,' बर्थडे लेडी शर्माले भनिन् ।

निलिमाको बर्थडे सेलिब्रेसनमा अर्की अभिनेत्री अशिष्मा नकर्मी, करियोग्राफर कमल राई, प्राबिधिक संघका अध्यक्ष मनोज केसी सहित कार्यसमितीका केहि सदस्य, अभिनेता गौरव पहारी, गजित बिष्ट र केहि सञ्चारकर्मी उपस्थित थिए । निलिमालाई उपस्थित सबैले जन्मदिनको शुभकामना दिए ।

यस्तै निलिमाले जन्मदिन आउनु पूर्व नै नक्साल स्थित बाल मन्दिरमा रहेका अनाथ बालबालिकासँग खुसी साटिन् । अनाथहरूलाई खानेकुरा दिएर खुसी साटेकी निलिमा जन्मदिनमा नै किन गईनन् त बालमन्दिर ? उनी भन्छिन्- 'खुसी साट्न जन्मदिन नै जानुपर्छ जस्तो लागेन । त्यसैले, जन्मदिन पूर्व नै अनाथ बालबालिकासँग खुसी साट्न पुगेकी हुँ ।'
के यो माया हो, फेसबुक, भिजिलान्ते थ्रीडी, वितेका पल, देश खोज्दै जाँदा, कबड्डी, वान वे र टलक जंग भर्सेज टुल्केमा कस्टुम स्टाईलिस्टको जिम्वेवारी वहन गरेकी निलिमा मलेसियामा हुन लागेको नेफ्टा अवार्डमा अभिनेता यशराज गरच र गौरव पहारीको जोडी बनेर नाच्दै छिन् । निलिमालाई फिल्मीखबर डट कमको तर्फबाट जन्मदिनको शुभकामना !

