Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पार्टीलाई जिताउन प्रचण्डले गुहारे कलाकार : निर शाह काङ्ग्रेसको प्रचारमा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/29

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई जिताउन फिल्मकर्मीलाई चुनावी प्रचारमा सहभागी हुन आग्रह गरेका छन् । कार्तिक ११ गते पेरिस डाँडा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गर्दै अध्यक्ष दाहालले फिल्मकर्मीलाई एमाओवादीको चुनावी प्रचारमा सहभागी भएर पार्टीलाई जिताउन आग्रह गरेका हुन् ।

 

अध्यक्ष दाहालले चुनावमा लाग्ने खर्च पार्टीले बेहोर्ने समेत बताएका थिए । केपी पाठक, राजेन्द्र खड्गी लगायतका कलाकर्मी एमाओवादीलाई जिताउँछौं भन्दै अन्य ४७ जना कलाकर्मीको हस्ताक्षर लिएर पेरिस डाँडामा पुगेका थिए । प्रचण्ड निकट मानिएकी अभिनेत्री रेखा थापा भने कार्यक्रममा सहभागी भएकी थिइनन् । अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा फिल्म क्षेत्रको लागी केही गर्ने प्रयास गरेको भनाई राखेका थिए ।

 

एमाओवादीले दोस्रो संविधान सभाको निर्वाचनमा निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याप टासीलाई समानुपातिकको उम्मेरदवार बनाएको छ । मतदाता नामावलीमा नाम नभेटिएपछि अभिनेत्री रेखा थापाले प्रत्यक्ष तर्फको टिकट पनि पार्टीलाई फिर्ता दिएकी थिइन् ।

 

त्यस्तै एमाओवादी निकट मानिएका निर्देशक तथा कलाकार निर शाह नेपाली काङ्ग्रेसको चुनावी प्रचारमा खुलेर लागेका छन् । शाह काठमाडौंको चुनावी क्षेत्रमा प्रकाशमान सिंहलाई जिताउन डटेर लागेका छन् । सुरुमा दरबार निकट मानिएका उनी एमाओवादी निकट देखिए पनि हाल भने काङ्ग्रेसलाई जिताउन लागी परेका छन् । नेपाली काङ्ग्रेसले निर्माता रायमाझीलाई गृह जिल्ला मारङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष तर्फको उम्मेरदवार बनाएको छ ।