फिल्म 'मेघा' मार्फत सम्झना रौनियार उप्रेती निर्देशकको परिचय बनाउँदै छिन् । नम्रता श्रेष्ठ स्टार फिल्म 'मेघा'मा निर्देशक उप्रेतीले सम्बन्धको कथालाई केलाउने प्रयास गरेकी छिन् ।
एक सातामा पोष्ट प्रोडक्सनको कार्य सक्ने जानकारी दिदैं निर्देशक उप्रेतीले माघ १७ गते सम्पूर्ण दर्शकलाई 'मेघा' फिल्म हेर्न आग्रह समेत गरेकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक उप्रेतीले भनिन्- 'एकअर्काको सम्बन्धलाई बुझ्न र मनोरञ्जन लिन मेघा फिल्म हेर्नुपर्छ । फिल्मलाई दर्शकले मन पराउनेमा म ढुक्क छु ।'
नम्रता श्रेष्ठसँगै मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठलाई फिल्ममा अभिनय गराएकी सम्झना भन्छिन्- 'स्वर्गीय गोपाल योञ्जनको संगीतलाई सुन्न पनि मेघा हेर्न जरुरी छ ।' फिल्ममा गोपाल योञ्जनका ७ वटा गीतलाई पुनः रेकर्ड गराइएका छन् । कुनै पनि सर्जकको संगीत र गीतलाई नेपाली फिल्ममा रि-रेकर्डिङ गराइएको यो नै पहिलो पटक हो । अन्य फिल्ममा रिमिक्स गर्ने गरिएको छ ।
निर्देशिक रौनियार फिल्म हेर्नु पर्ने कारण बारे थप्छिन्- 'मेघामा नम्रताको दमदार प्रस्तुती छ ।' साथमा नेपाली भाषाकी चर्चित अभिनेत्री भिंन्तुना जोशीले पनि फिल्ममा अभिनय गरेकी छिन् । लोक दोहोरीमा राजेश हमाल मानिने शंकर विसी र गायिका निशा सुनारको जोडीले पनि मेघाको एउटा गीतमा नृत्य पस्केका छन् । फिल्मका नृत्य निर्देशक भने कमल राई हुन् ।
वनिश शाहले सम्पादन गरिरहेको मेघालाई सवस्त इन्टरनेटमेन्टले कम्पनीले निर्माण गरेको हो । फिल्मको बजेट ७० लाख दाबी गरिएको छ । मेघा अर्थात वर्षन नसकेको वादलालाई दर्शकले कत्तिको साथ दिनेछन् ? माघ १७ सम्म प्रतिक्षा गरौं ।

