यहि कार्तिक ८ गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'मधुमास'को 'जुन झैं' बोलको गीतमा आर्यन सिग्देलले अभिनेत्री पूजाको खुलेर तारिफ गरेका छन् । फिल्ममा यि दुई प्रेमी प्रेमीकाको रूपमा प्रस्तुत भएका छन् ।
सुदर्शन थापाको निर्देशनमा बाबुराम दाहाल र सुदर्शन स्वयंको लगानी रहेको यो फिल्मको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र राज सिग्देलको स्वर रहेको छ । फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ ।

