वर्तमान फिल्मी बजारमा अभिनेत्री सुमिना घिमिरे हट एण्ड सेक्सी हिरोइनका रुपमा परिचित छन् । तर, रजतपटमा सुमिनाको आगमन भने सोभर गर्लको रुपमा भएको थियो ।
प्रदर्शनको हिसाबले सुमिनाको पहिलो फिल्म दुलहीमा उनी अभिनो राजेश हमालको अपोजिटमा सोझी गाउँले युवतीको रुपमा देखिएकी थिइन् । दुलही फिल्मबाट उनले वाही वाही सँगै विभिन्न अवार्ड पनि हात पारिन् । सुमिना छोटो समयमै निर्माता तथा निर्देशकको नजरमा पर्न सफल भइन् । उनले अभिनयमा पाइला चालेको ४ वर्षमै दुई दर्जन भन्दा बडी फिल्ममा अभिनय गरेकी छिन् ।
सुमिना अभिनित भिमदत्त र स्टार प्रदर्शनको क्रममा छन् । तर, विडम्वना दुलही पछि सुमिना अभिनित कुनै पनि फिल्मले व्यापारिक सफलता पाउन सकेका छैनन् । यद्पी सुमिनाले अहिलेसम्म फिल्म नपाएर पलायनको बाटो रोज्नु परेको छैन । सुमिना भन्छिन्- 'बिहे गरेपछि भने फिल्ममा मेरो सक्रियता कम हुन सक्छ ।'
परिवार र अभिनयको कमाइले काठमाण्डौमा घर, गाडी किन्न सफल भएकी सुमिना चर्चा र विवादको पात्र पनि हुन् । गृह जिल्ला सुर्खेतकै एक युवकसँग लगनगाँठो कसेको र एक फिल्मी पत्रकारलाई ज्यान मार्ने धम्की दिएर चर्चा र आलोचनाको पात्र बनेकी अभिनेत्री सुमिना घिमिरेसँग फिल्मीखबरका उत्सब रसाइलीले गहिराइमा पुगेर उनको विषयमा खोतल्ने प्रयास गरेका छन् ।

