Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैं गीत : एउटै गीत कति सुन्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/11

हिन्दु धर्मालम्वीको महान पर्व दशैंलाई लिएर नेपाली फिचर फिल्ममा गन्न सक्ने गीत समावेश भएका छन् । दश वर्ष अघि मुग्लान फिल्ममा समावेश 'कोदो फुल्यो बारी..' बोलको गीत अहिले पनि उतिकै गुञ्जायमान छ ।

 

सुरेश अधिकारीको संगीतमा तयार भएको योसँगै प्रदर्शनको क्रममा रहेको फिल्म नतिजामा पनि दशैं गीतलाई समावेश गरिएको छ । तर, १० वर्ष पछि पनि विपना थापा, झरना थापा, दिलिप रायमाझी र सुशिल क्षेत्री अभिनित मुग्लान फिल्मको गीत हिट छ ।

 

पछिल्लो समयको व्यस्त संगीतकार बसन्त सापकोटा चाडपर्वसँग सम्बन्धित गीत रेकर्ड नभएको बारे भन्छन्- 'फिल्ममा गीत कस्तो हुनपर्छ भन्ने बारे स्क्रिप्टमै उल्लेख हुन जरुरी छ । कमर्सीयल फिल्मले दशैं तिहार जस्ता चाड पर्वलाई विर्सदैं गएका छन् ।'

 

दशैंलाई विषय बनाएर तयार भएका फिल्म मुग्लान र नतिजाका गीत हेरेर दशैंमा रमाइलो गर्नुस् । भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।