अभिनेता सौगात मल्ल र अर्पण थापाको यस वर्षको दशैं सुटिङ सेटमै बित्ने भएको छ । फिल्म निभ्न लागेको मैनबत्ती (डाइङ क्यान्डल) सुटिङका लागी सौगात र अर्पण यतिखेर रसुवाको लाङटाङ क्षेत्रमा छन् ।
नरेश कुमार केसी निर्देशित यो फिचर फिल्म फेस्टिभल टार्गेट भएको अभिनेता थापाले जानकारी दिए । उनले १० दिन आफु फिल्मको सुटिङमा व्यस्त हुने जानकारी दिए । दशैं मनाउनु पर्दैन ? भन्ने जिज्ञासा अर्पणले भने- 'दशैंमा परिवारबाट टाढा हुंदा नरमाइलो लाग्ने कुरा आफ्नै ठाउँमा छ । तर, कामलाई पनि त व्यवस्ता गर्न मिलेन । '
अर्पणले काम सकिएपछि मात्रै परिवारलाई मिस गर्ने बताए । त्यस्तै दशैंको वातावरण मन पर्ने अभिनेता सौगाल मल्लले आफ्नो पहिलो प्राथमीकतामा काम पर्ने बताए । उनले भने- 'दशैंमा परिवारबाट टाढा हुंदा कस्लाई पो रमाइलो लाग्छ र ? हामी सुटिङ सेटमै रमाइलो गर्ने प्रयास गर्नेछौं ।'

