शोभित बस्नेत फिल्म नगरीमा फास्ट कट निर्देशकको रुपमा परिचित छन् । छोटो समयमै सुटिङ सकेर छिटै फिल्म प्रदर्शनको लागी तयार गर्ने निर्देशक बस्नेत बेलाबखत अभिनयमा पनि फाट्टफुट्ट देखिन्छन् । विशेषतः होम प्रोडक्सन र आफुले निर्देशन गरेका फिल्ममा शोभितको अभिनयलाई देख्न सकिन्छ ।
शोभित होम प्रोडक्सन भन्दा बाहिर र आफ्नो निर्देशन नरहेको फिल्म स्टारमा अतिथि बनेर पुगेका थिए । वोल्ड फिल्म स्टारमा निर्देशक बस्नेतले विशेष भुमिका निभएका छन् रे ! उनको भुमिका कस्तो छ ? यो कार्तिक १ गते नै थाहा होला ।
स्टारको कार्यक्रममा निर्देशक बस्नेतलाई आफ्नो भुमिका बारे बोल्न दिइएको थियो । तर उनले आफ्नो भन्दा पनि अरुको विषयमा बोले । निर्देशक बस्नेतले स्टारमा प्रायः सञ्चारकर्मीको अतिथि भुमीका रहेको प्रसंगलाई लक्षित गर्दै भने- 'स्टारमा सञ्चारकर्मी साथी भन्दा पनि भुवन केसी, आर्यन सिग्देल, जीवन लुइँटेल र रंग पत्रकार नरेश भट्टराइले अतिथिको भुमिका निर्वाह गर्नुपर्ने थियो ।'
निर्देशक बस्नतेले के भने ? कार्यक्रममा उपस्थित सबै आश्चर्यमा परे । छोरो शलोन बस्नेतलाई पनि हिरो बनाएका शोभितले कारण खुलाए- 'स्टारका प्रायः सबै अतिथि कलाकारले नक्कली कपाल लगाएको देखें ।' स्टारका केही दृश्य हेर्दा आफुले त्यस्तै देखेको बताउँदै उनले थपे- 'साँच्चै नक्कली कपाल लगाउने त भुवन, आर्यन, जीवन र नरेश पो हुन् त !'
शोभितको कुरा सुनेर कार्यक्रम हाँसोमय बन्यो । यदि भुवन, आर्यन, जीवन र नरेश कार्यक्रममा उपस्थित हुँदा हुन त स्थिति के हुन्थ्यो ? आफ्नो पोल खुलेपछि शोभितसँग उनीहरु किन रिसाउँदैन्थें होला र !

