Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिना भन्छिन्- `स्टारलाई किन एडल्ट सर्टिफिकेट ?`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/10

अभिनेत्री सुमिना घिमिरेले आफु अभिनित पछिल्लो फिल्म स्टारलाई चलचित्र जाँच पास समितिले एडल्ट सर्टिफिकेट दिएकोप्रति आश्चार्य प्रकट गरेकी छिन् । 'स्टार फिल्ममा बालबालिकाले हेर्न नहुने मैले कुनै पनि दृश्य तथा संवाद बोलेकी छैन', स्टारको प्रेस समारोहमा बौल्दै सुमिनाले भनिन्- 'फिल्मलाई सबैले हेर्न पाउनु पर्छ । स्टारलाई किन एडल्ट सर्टिफिकेट दिइयो ? म आचम्मा परेको छु ।'

 

सुमिनाले मनिषा पात्र भएर फिल्ममा बोलेको वोल्ड डायलग, संवाद तथा पहिरन लगायतका अन्य पक्षलाई आधार बनाउँदै सेन्सर वोर्डले स्टारलाई १६ वर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने एडल्ट सर्टिफिकेट दिएको थियो । स्टार सहित सुमिना अभिनित नाइन ओ क्लक, अप्रिल फुल र लभ फरेभर फिल्मलाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो ।

 

कार्तिक १ गते देशभर प्रदर्शनको तयारीमा रहेको महेन्द्र बुढाथोकी निर्देशित फिल्मले एक कार्यक्रमका बिच फिल्म बारे जानकारी दिदैं दशैंको शुभकामना आदान प्रदान गर्यो । निर्देशक बुढाथोकीले स्टार फिल्म पारिवारिक भएको दाबी गरे । उनले फिल्ममा नारी पात्रले रजतपटमा स्टार बन्न गर्नुपर्ने संघर्षको कथा रहेको बताए ।

 

 

कलाकार रमेश बुढाथोकीले भने- 'नेपाली फिल्म क्षेत्रको विसङ्गती र विकृतीलाई उजागर गरेकाले स्टारले खास अर्थ राख्दछ ।' इगोले गर्दा जीवन कसरी तहसनहस हुन्छ भन्ने सन्देश दर्शकले पाउने उनको भनाई छ । स्टारबाटै फिल्म वितरणमा हात हालेका करन क्रेजी श्रेष्ठले सोलो रिलिजको प्रयास गरिरहेको बताए ।

 

 

आजको मितिसम्म कुनै पनि निर्माताले कार्तिक १ मा फिल्मको रिलिज घोषणा गरेका छैनन् । कार्यक्रमको अन्त्यमा निर्देशक शोभित बस्नेत, रंग पत्रकार विजयरत्न तुलाधर, शान्तिप्रिय, राजन घिमिरेले स्टारको अडियो एल्बम विमोचन गरेका थिए । स्टारमा निर्देशक महेन्द्र बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीको संयुक्त लगानी छ ।

 

 

सुमिना घिमिरे फिल्मकी मुख्य पात्र हुन् । साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनयलाई स्टारमा देख्न सकिन्छ ।