Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सगरमाथा चढ्दा निशा पागलजस्तै भएकी थिइन् : गाईड शेर्पा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/10

नायिका निशा अधिकारीको सगरमाथा आरोहण निकै चर्चा परिचर्चाको विषय बन्यो । अनुमती बिना सगरमाथा चढेको भन्दै पर्वतारोहण क्षेत्रसँगै विभिन्न क्षेत्रबाट यी सुन्दरीले आलोचना पनि बेहोर्नुपर्यो । जुनसुकै हैसियतमा भएपनि उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भइन् । यति त सबैलाई थाहा छ, तर आरोहणका क्रममा भएका केही रोचक कुरा थोरैलाई मात्र थाहा छ ।

 

सगरमाथाको चुचुरोमा पुगेर ओर्लने क्रममा उनी क्याम्प २ बाट हेलिकप्टर चढेर काठमाडौं आइन् । उनलाई सगरमाथाको चुचुरोमा पुर्याउने क्रममा भएको कठिनाइ तथा चुचुरोमा पुगेर फर्कने क्रममा निशाले दिएको अभिव्यक्ती पर्वतारोही बिच निकै चर्चाको विषय बनेको छ । सगरमाथामा ४ मिनेट ४ सेकेन्ड कपडा खोलेर किर्तिमानी बनाएका निशाका गाइड जाङ्बो शेर्पाले निशालाई निकै कठिनाइका साथ चुचुरोमा पुर्याएको बताए ।

 

साङ्बोचे विमानस्थलमा भेटिएका शेर्पाले चुचुरोबाट ओर्लने क्रममा निशा पागलजस्तै भएको बताए । निशालाई सगरमाथाको शिखरमा पुर्याउने जिम्मा आफुले लिएको बताउँदै शेर्पाले चढ्न भन्दा ओर्लन झन गाह्रो भएको अनुभव सुनाए । 'मेरो ठाउँमा अरु कोही भैदिएको भए निशालाई त्यही छोडेर हिड्थे', उनको दाबी थियो- 'निशालाई मैंले आफ्नै बहिनी जस्तो मानेर बडो दुःख गरेर तल झारें । उनले सम्झिए- 'हामी ८ हजार मिटरभन्दा माथि हुँदा निशा पागल जस्तै भएकी थिइन् ।'

 

'निशा बहिनीको जिम्मेवारी लिएर गएकाले मैंले उनको आमालाई एभरेष्टको टुप्पोसम्म पुर्याउने वचन दिएको थिएँ, तर उनी त हेलिकप्टर चढेर फर्किइन्,' उनले अघिल्ला सगरमाथा आरोहणभन्दा निशासँगको आरोहण निकै कठिन भएको अनुभव सुनाउँदै भने- 'दुःख सुनाएर साध्यै छैन । सगरमाथाको चुचुरोमा पुग्दा निशाले खासै प्रतिक्रिया दिइनन् । तर क्याम्प २ आएपछि सानै देखीको सपना पूरा भयो भनेर खुसी व्यक्त गरिन् र मलाई धन्यवाद दिइन् ।'

 

शेर्पाले उत्साहित हुँदै आरोहणको छोटकरी वृत्तान्त सुनाए- 'राती ८ बजे हिड्न सुरु गरेर बिहान ८ बजे हामी सगरमाथाको चुचुरोमा पुग्यौं । केटी मान्छे हो भनेर मैले राती छिट्टै हिड्न स्टार्ट गराएँ । सबै चिजको व्यवस्था हुने हो भने त सामान्यतया ९ घण्टामा पुग्न सकिन्छ ।' शेर्पा भन्छन्- 'एभरेष्टको टुप्पोमा पुगेर हामी आधा घण्टाभन्दा बढी नै बस्यौं । सरकारसँग अनुमति लिएर चढेको हो ? भनेर पनि मैले निशालाई सोधें । उनले यस विषयमा गफै भएन भनिन् ।

 

निशाको खुट्टामा समस्या भएकाले उनी क्याम्प २ बाटै हेलिकप्टरबाट काठमाण्डौ आएको उनले प्रस्ट्याए । उनले भने- 'कहाँ कहाँको मानिस आएर हाम्रो हिमाल चढ्छन्, हाम्रै नेपालीलाई थाहा हुँदैन, विदेशमा पनि निशालाई चिनुन् भनेर मैले उनलाई सहयोग गरेको हुँ ।'

साभार : कामना

लेखन : मधुसूदन रायमाझी