अभिनेत्री सृजना बस्नेतले करिब ३ महिना अघि पूर्व स्वर्गीय पती बिजु रञ्जितको परिवार विरुद्ध अंशवन्डाको मुद्दा दायर गराएकी थिइन् । अंशवन्डाको मुद्दामा अभिनेत्री बस्नेतको जित भएको छ ।
निर्माता समेत रहेका रञ्जित परिवारको अंशमा तीन भाग लगाएर अभिनेत्री बस्नेतले साढे पाँच लाख रुपैयाँ प्राप्त गरेकी छिन् । उनले पतीको अंश पाउन आफ्नै ससुरासँग मुद्दा लडेकी थिइन् । निर्माता पतिको निधन पश्चात सृजना फिल्म क्षेत्रकै एक व्यक्तिसँग लिभिङ टुगेदरमा रहेको हल्ला फिल्मी बजारमा नचलेको होइन । तर, उनले यसबारे मुख भने खोलेकी छैनन् ।
फिल्म गुड लकबाट निर्देशकको समेत परिचय बनाएकी सृजनाको सम्बन्ध अहिले भने ती व्यक्तिसँग नरहेको बताइन्छ । सृजना व्व्यक्तिगत प्रसंगलाई लिएर मिडियासँग खासै खुल्न चाइरहेकी छैनन् । उनले निर्देशन गरेको फिल्म गुडलक अहिले देश तथा विदेशमा च्यारेटीको क्रममा छ । रिलिज डेट तोकिएको छैन ।

