Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

दिपालाई कस्तो श्रीमान् चाहिन्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/08

जीन्दगीमा उत्तरोउत्तर प्रगती होस् भन्दै विजया दशमीमा ठुलावडाले टिकासँगै दिने दक्षिणा अभिनेत्री दिपाश्री निरौलालाई विशेष लाग्छ । दिपालाई लाग्थ्यो दक्षिणा पाइने दशैं चाँडै आओस् । बचपनामा चाँडै आइदिए हुन्थ्यो जस्तो लाग्ने दशैंले अहिले भने दिपालाई त्यती रमाइलो दिंदैन ।

 

दशैंले टिकासँगै घरमा दिदीबहिनीका बाल बच्चा पनि लिएर आइदिन्छ । दिपामा एकखालको आहारिस पैदा हुन्छ । 'यदी बेलैमा बिहे भएको भए मेरो पनि बच्चा हुन्थे, हात समाएर श्रीमानसँग माईतमा टिका लगाउन आउँथे', दिपा सुनाउँछिन्- 'तर बच्चा केटाकेटी रोएको, आमालाई दुःख दिएको देख्दा चाहि बिहे नगरेकै वेस भएछ जस्तो लाग्छ ।'

 

धेरै वर्षदेखि दिपाले हाँस्य टेलिश्रृङ्खला तितो सत्यमा कलाकार दिपकराज गिरीको श्रीमतीको भुमिका निभाउँदै आएकी छिन् । तीतो सत्य हेर्ने ग्रामीण भेगका दर्शक त दिपक नै दिपाको श्रीमान् हो भन्ने विश्वास गर्छन् । बेलाबेलामा दिपा भन्ने गर्छिन्- 'यदि दिपक अविवाहित हुन्थ्यो भने ऊ नै मेरो जिन्दगीको मालिक हुन्थ्यो ।' ३० बसन्त नजिक रहेकी दिपाको अबको जीन्दगीको मालिक चाहिं को होला त ? दिपा कल्पना गर्छिन्- 'सायद मेरो पेशालाई बुझ्ने र धेरै माया दिने राजकुमारले मेरो जीन्दगीलाई सम्हाल्नेछ ।'

 

दिपा आफ्नो राजकुमारमा हुनु पर्ने गुण बारे थप्छिन्- 'दिपाश्री एउटा कलाकार मात्रै नभएर सामान्य नारी पनि हो । त्यसकारण ममा भएका गुण र अवगुणलाई बुझ्ने राजकुमार हुनुपर्छ ।' यही साल मात्रै मध्य वानेश्वरमा घर बनाएकी दिपाले जीन्दगीको घर चाहि कहिले बनाउँछिन् ? जीन्दगीको घर बनाउने प्रसंगमा दिपा उत्साहित भइन्- 'यदी मन मिल्छ भने जीन्दगीको घर बन्न कति नै समय लाग्छ र ? सबैभन्दा ठुलो कुरा त मन मिल्नु पर्यो । मन मिल्न आफुलाई बुझ्ने व्यक्ति चाहियो । मन मिल्ने मान्छेको पर्खाइमा छु ।'

 

 

फिचर फिल्म हुँदै रंगीन दुनियाँमा होमिएकी दिपाको अहिलेसम्म किन कोहीसँग मन गाँसिएन त ? उनी आफ्ना लक्ष्य प्रति अडिग देखिइन्- 'मैंले बिहे गर्नुपर्छ भन्ने कुरालाई कहिल्यै प्राथामिकतामा राखिन । मेरो लक्ष्य भनेकै दिपाश्री भन्ने नामलाई कसरी चिनाउन सकिन्छ भन्ने रह्यो । लक्ष्यमा अडिग भएरै होला म आज सबैकी प्रिय दिपा बनेकी छु ।'

 

आमा गुमाएकी दिपा आफ्नो बुवालाई औधी माया गर्छिन् । वर्ष ०७० को दशैं बुवासँगै दिदिबहिनी तथा आफन्तसँग विराटनगरमा मनाउने दिपाले बताइन् । वैवाहिक जीवन बारे दिपाको बुझाइ छ- 'आज बिहे गर्यो । भोली विवाद होला । विवादले समस्या निम्त्याउँछ । समस्याको जीन्दगी कसरी खुसी हुन सक्छ ? बिहे गरेर दुःखी हुनु भन्दा एक्लो भएर खुसी हुनु उचित ठान्छु ।'