Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० सेकेण्डका फिल्मको फेस्टिभल हुने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/08

विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस नेपालले यस बर्षदेखि हरेक वर्ष ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।

 

आफु वरपरका कुनै पनि समसमायिक विषयहरुमा आफुसंग भएको जस्तोसुकै प्रविधि (मोबाइल तथा क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) प्रयोग गरि बनाइएका फिल्महरु फेस्टिभलमा पठाउन सकिने छ । प्रविधिक पक्षलाई भन्दा विषयको गाम्भीर्यता र व्यक्तिको सिर्जनशीलतालाई जोड दिने आयोजक संस्थाले जनाएको छ । फेस्टिभलमा बढीमा ६० सेकेन्ड समायवधि भएका फिल्म १० मंसिर २०७० (२५ नोभेम्बर, २०१३) भित्र पठाउन सकिने छ ।

 


 

सहभागीहरुलाई निर्वाचन, शान्ति, लोकतन्त्र, वातावरण, पानी, पर्यावरण, द्वन्द, सहिष्णुता, सहनशीलता, भ्रष्टाचार, लोडसेडिङ्घ, चाडपर्ब, संस्कृति, हाँस्यब्यङ्ग्य, फिक्सन, मानवअधिकार, महिला तथा बालबालिका र विशेष गरि देश तथा समाजले भोगिरहेका समस्या तथा मुद्दाहरुमा केन्द्रित भई बनाएका फिल्म पठाउन आयोजकले आग्रह गरेको छ । फेस्टिभलमा विदेशमा बस्ने नेपाली तथा नेपालमा बस्ने विदेशी जो कोही पनि सहभागी हुन सक्नेछन् ।

 

फेस्टिभलले सिर्जनशील युवाहरुको क्षमता र आत्मविश्वास बढाउन, जनचेतना फैलाई शान्ति र मेलमिलाप कायम गर्न, समाजमा सद्भाव कायम गर्न, सामाजिक परिवर्तनका लागि आवाज उठाउन, सामाजिक मुद्दाहरु प्रतिको ज्ञान र बुझाई बढाउन, युवाहरुमा निहित फिल्म सम्बन्धि ज्ञान तथा सीप देखाउन सहयोग पुग्ने आयोजकले आशा गरेको छ । अनलाइन भोटिङ र निर्णायक मण्डलको सिफारिसका आधारमा उत्कृष्ट ३ फिल्मलाई नगद पुरस्कार र अन्य केहिलाई प्रोत्साहन पुरस्कार सहित सम्मान गरिने छ ।

 

निर्धारित मितिमा आइपुग्ने गरि निम्न ठेगानामा भरपर्दो कुरियर सेवा अथवा कार्यालयमै आएर डिभिडी फम्र्याटमा (२ प्रति) फिल्म बुझाउन वा www.interfacenepal.com मा सिधै अपलोड गर्न सकिने छ ।  

P.O. Box 11003
86/3 Ashishmarg, Dhumbarahi
Kathmandu, Nepal
Tel: 4424389 / Email: [email protected]