कलाकारलाई उपमा दिन फिल्म सम्वद्ध संघ संस्था बिच एक खालको होड बाजी नै देखिएको छ । नेफ्टा फिल्म अवार्डले राजेश हमालालाई महानायकको उपाधी दियो । रियल लाइफ नै रोमान्टिक हुने भुवन केसीले पनि केही समय अघि रोमान्स किङ्को उपमा पाए । गएको साता कलाकार तथा निर्देशक निर शाहले पनि एउटा उपमा पाए, `अभिनय शिरोमणी` ।
राजेश हमाललाई महानायक बनाउने प्राविधिक संघले निर शाहलाई अभिनय शिरोमणीको उपमा दिने घोषणा गर्यो । अभिनय शिरोमणीको उपमा ग्रहण गर्न प्राविधिक संघको कार्यक्रममा पुगेका निर शाह आफै पनि अन्य कलाकारलाई उपमा दिन पछि परेनन् । उनले नेपाली फिल्म क्षेत्रका तीन कलाकारलाई उत्कृष्ट अभिनय गर्ने भनेर कार्यक्रममा घोषणा नै गरिदिए ।
अभिनय शिरोमणी शाहले स्लो शैलीमा भने- 'वासुदेवका हरिहर शर्मा, बलिदानका हरिवंश आचार्य र धन्दा फिल्मका अर्पण थापा माइल स्टोन एक्टर्स हुन् । वासुदेव फिल्ममा हरिहर शर्माले प्रोफेसर, बलिदानमा हरिवंश आचार्यले क्रान्तिकारी र धन्दा फिल्ममा अर्पण थापा वेरोजगार युवाको भुमिका निभाएका छन् ।
उत्कृष्ट अभिनय गर्ने नायकको नाममा सबै कन्भिन्स हुन नपर्ने अभिनय शिरोमणी शाहले बताए । उनले थपे- 'यी नामहरुमा सबै जना कन्भिन्स हुनुपर्छ भन्ने छैन । तर, नेपाली फिल्मको इतिहासमा हरिहर शर्मा, हरिवंश आचार्य र अर्पण थापा मेरो नजरमा उत्कृष्ट एक्टर्स हुन् ।'

