Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बुढो भए गोफ्ले !

फिल्मीखबर, काठमाण्डौ, 2013/10/07

प्रायः युवतीहरु आफ्नो उमेर गोप्य राख्न चाहन्छन् । यसमा पनि महिला कलाकारहरु आफ्नो उमेर खुल्ने कुरामा बढी नै सजग हुने गरेको पाइन्छ । तपाई कति वर्ष पुग्नु भयो ? भन्ने प्रश्न गर्न नपाउँदै उनीहरुको उत्तर आईहाल्छ, स्विट १६ ।

 

आफुलाई जहिल्यै योवन राख्न चाहने महिला कलाकारको भिडमा लुट फिल्मका गोफ्लेले भने आफु बुढो भैसकेको प्रतिक्रिया दिएका छन् । एक महिना देखि 'ईच्छा' फिल्मको सुटिङका लागी दाङमा रहेका दयाह्याङ राई (गोफ्ले) ले फिल्मीखबरलाई आफु बुढो भैसकेको प्रतिक्रिया दिए । दशैं कहाँ आइपुग्यो ? भन्ने जिज्ञासामा उनले भने- 'सानो हुँदा मात्रै दशैंको महत्व बढी हुँदो रैछ । बुढेसकालमा दशैं भन्दा पनि कामको चिन्ता छ ।'

 

काममा व्यस्त भएपछि उनले दशैंको सपिङ पनि गरेका छैनन् । भन्छन्- 'मेरो लागी पनि श्रीमतीलाई नै सपिङ गर्ने जिम्मा दिएको छु ।' कति वर्ष पुग्नु भयो र बुढो हुनुभयो ? भन्ने प्रश्नमा दयाह्याङले आफ्नो उमेर भन्ने खोल्न चाहेनन् । उनले छोरो जन्मीसकेकाले आफु बुढो भएको अनुभव हुने गरेको बताए ।

 

गत वर्ष छोराको पिता बनेको दयाह्याले दशैंमा खानपिन बाहेक टिका जमरा लगाउने कार्य भने नहुने गरेका बताए । उनले भने- 'दशैंमा टिका लगाउने हाम्रो परम्परा छैन । तरपनि, आफन्तसँग जमघट भएर खानपिन र रमाइलो गर्छौ ।' दयाह्याङ भन्छन्- 'मलाई दशैंको मौसम मन पर्छ । दशैंलाई आराम गर्ने अवसरका रुपमा लिने गरेको छु ।'