Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रत्यक्षमा हटाइएका भुवन केसी समानुपातिकमा तानिए

फिल्मीखबर, काठमाण्डौ, 2013/10/06

अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाले अन्तिम समयमा आएर संविधान सभा निर्वाचनको प्रत्यक्ष उम्मेरद्वारको टिकट गुमाएपछि फिल्म क्षेत्रमा एक खालको तरङ्ग पैदा भयो । पार्टी भित्रकै बिरोधका कारण एमालले भुवन केसीको टिकट खोस्यो भने मतदाता नामावलीमा नाम नभेटिएपछि रेखा थापाले हातमा परेको टिकट एमाओवादीलाई नै फिर्ता गरिन् ।

 

पार्टीले प्रत्यक्ष तर्फको टिकट खोसेपछि क्रुद्ध बनेका भुवन यतिबेला चुप छन् । रेखा थापाले एमाओवादीको चुनावी प्रचारका लागी आज पर्सा क्षेत्र नम्वर १ तर्फको यात्रा तय गरेकी छिन् । एमालेले टिकट नदिएको झोकमा राप्रपा प्रवेशको घुर्की देखाएका भुवन निश्चित प्रायः भैसकेको टिकट खोसिंदा पनि एमालेमै छन् । अन्तिम समयमा आएर टिकट खोसिंदा पनि भुवन मौन छन् ।

 

भुवन किन मौन छन् ? एमालेका एक केन्द्रिय सदस्यका अनुसार अभिनेता केसीलाई पार्टीले समानुपातिक तर्फको उम्मेरद्वार बनाइसकेको छ । समानुपातिकको टिकट पाउने भएपछि भुवन चुप रहेको बुझिएको छ । राप्रपा प्रवेशको हल्ला चलेकै भोली पल्ट बल्खु पार्टी कार्यालय गएर पार्टी प्रति प्रतिवद्ध छु भन्दै पानी माथिको ओभानो हुन खोजेका केसीले समाजिक सञ्जाल फेसबुक मार्फत एक प्रेस विज्ञप्ती जारी गरेरै संविधान सभाको चुनावमा पार्टीलाई बहुमत दिलाउन आफुले सहयोग गर्ने भनाई सार्वजनिक गरेका थिए ।

 

प्रत्यक्षबाट अनिश्चित बनेको संविधान सभा भवनको सदस्य बन्ने भुवनको सपना समानुपातिकबाट भने पक्क जस्तै बनेको छ । तर, बैद्य पक्ष सहित ३३ दलको अड्चनले मंसीर ४ मै चुनाव हुने कुरामा भने जनता अझै विश्वास्त भैसकेका छैनन् ।