Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.12/5.00)
Text size:-
+
-

रेखा थापालाई बनाए किशोर खतिवडाले बेहुली

फिल्मीखबर, काठमाण्डौ, 2013/10/06

निर्माता छविराज ओझासँगको १० वर्षे वैवाहिक जीवनलाई विश्राम दिएकी अभिनेत्री रेखा थापालाई अभिनेता किशोर खतिवडाले बेहुली बेनाउने ईच्छा व्यक्त गरेका छन् । रेखा फिल्मस्कै कस्ले चार्यो मेरो मनबाट रजतपटमा डेव्यु गरेका अभिनेता खतिवडाले रेखालाई सितारको घुम्टो ओढाई ढोली चढाउने चाहना फुलपाती रिलिजको फिल्म कालीको एक गीतमा व्यक्त गरेका हुन् ।

 

असोज २५ गते अल नेपाल रिलिज हुने फिल्मको कल्पानिक रोमान्टिक गीतलाई अभिनेत्री रेखा थापाले आफ्नो फेसबकु मार्फत रिलिज गरेकी हुन् । बसन्त सापकोटाको संगीत रहेको 'दिलको कुरा...' बोलको गीतमा दिपक लिम्बुको स्वर छ । काली फिल्मको 'स्लोली स्लोली ..' बोलको गीत यतिखेर बजारमा हिट छ । किरण खरेलले शब्द रचना गरेका छन् ।

 

शविर श्रेष्ठ निर्देशित फिल्ममा अभिनेत्री रेखा थापा र अभिनेता किशोर खतिवडा मुख्य रोलमा छन् । फिल्मले देशको पुलिस प्रशासनमा नारी वर्गको सशक्त सहभागिताको कथा उठाएको छ ।