Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी रोकियो कलाकर्मीको छुट्टै दल खोल्ने योजना

फिल्मीखबर, काठमाण्डौ, 2013/10/06

घटस्थापनाको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले अनामनगर कार्यालयमा दशैंको शुभकमना तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो । सिमित कलाकर्मी तथा सञ्चारकर्मीका बिच सम्पन्न उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्काले पुरानो घटनाक्रमको नयाँ अभिव्यत्ती दिए ।

 

 

'नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने गरी हामी संविधान सभाको निर्वाचनमा सहभागी हुने गरी फिल्मकर्मीको छुट्टै दल खोल्ने तयारीमा थियौं,' अध्यक्ष नवल खड्काले शुभकामना तथा चियापन कार्यक्रममा भने- 'ठुला दलले नै हाम्रा चर्चित सेलिव्रेटीलाई चुनाव लड्ने टिकट उपलब्ध गराउने पक्क जस्तो देखिएपछि हामी दल खोल्न रोकिएका हौं ।'

 

 

फिल्म सम्वद्ध सबै संघ संस्थासँग दल खोल्ने बारे पहिलो चरणको छलफल भैसक्दा पनि रेखा थापा र भुवन केसी जस्ता कलाकारले संविधान सभाको निर्वाचनमा फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने भएपछि दल नखोलिएको उनले बताए । अध्यक्ष खड्काले भने- 'अन्त्यमा आएर संविधान सभामा प्रत्यक्ष चुनाव लड्ने भनिएका कुनै पनि कलाकारले टिकट पाएनन् । यसमा सिङ्गो फिल्म क्षेत्र नै आश्चार्यमा परेको छ । राजनीतिक दलले कलाकालरलाई झुक्याएका छन् ।'

 

 

नवलले आगामी संविधान सभामा भने कलाकारले छुट्टै दल खोलेर निर्वाचन लड्ने समेत संकेत गरे । कलाकार संघले आयोजना गरेको कार्यक्रममा चलचित्र निर्माता संघबाट आकाश अधिकारी, निर्देशक समाजबाट उपाध्यक्ष राजु गिरी, चलचित्र संघबाट महासचिव प्रदीप कुमार उदय र कलाकार लय संग्रौला लगायत दुई दर्जन कलाकार उपस्थित थिए । सम्वद्ध संघ संस्थाका प्रतिनिधिले यो सालको दशैंले फिल्म क्षेत्र र समग्र कलाकारिताको हित होस् भन्ने कामना गरे ।