Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जिन्दाबाद भन्ने नेताले भने `एक्सन कट`

फिल्मीखबर, काठमाण्डौ, 2013/10/05

प्राय जिन्दाबाद र मुर्दाबादको नारा लगाउने नेताले शनिबार भने 'एक्सन कट' गर्न भ्याए । चर्चित नेता तथा पूर्व मन्त्री प्रदीप नेपालले आज शनिबार 'भाकल' नामक फिल्मको मुहुर्त सटको निर्देशन गर्दै 'एक्सन कट' भनेका हुन् ।
 

साहित्य सिर्जनामा थुप्रै पात्र जन्माएका साहित्यकार समेत रहेका नेता नेपालले जीवनमै पहिलो पटक 'एक्सन कट' भनेको बताए । फिल्मीखबरसँगको कुराकानीमा नेपालले भने- 'पहिलो पटक 'एक्सन कट' भन्दा निकै रमाईलो लाग्यो ।' नेता नेपालले फिल्म निर्माण टिमलाई सफलताको शुभकामना सहित दशैंको पनि शुभकामना दिन भ्याए ।

 



 

फिल्म भित्रका पात्रले कस्तो भाकल गर्छन् ? त्यो रिलिज भएपछि दर्शकले थाहा पाईनै हाल्नेछन् । तर, निर्देशक बाबुराम ढकालले भने नेपाली फिल्म उधोगलाई एउटा सफल फिल्म दिन 'भाकल' नामक फिल्म निर्माण गर्न लागेको बताएका छन् । यसअघि दुलही, पर्खी राख है र नाईन ओक्लक फिल्म निर्देशन गरेका ढकालले मुहुर्त कार्यक्रममा बोल्दै अघिल्ला फिल्म भन्दा राम्रो फिल्म बनाउने चुनौती रहेकाले पनि दर्शकलाई निराश नबनाउने बताए ।

 


ए थ्री फिल्मस्को ब्यानरमा मिलन लामाले निर्माण गर्न लागेको फिल्म 'भाकल'को घटस्थापनाको शुभसाईत निकालेर शनिबार मुहुर्त गरिएको हो । फिल्ममा शुशान्त कार्की र स्वेता भट्टराईले अनस्क्रिन रोमान्स गर्नेछन् । यि दुई कलाकार सहित बालकलाकार एलिसा लामा बाहेक अन्य कलाकारको भने निधो भईसकेको छैन ।

 

 

फिल्ममा रामशरण उप्रेतीको छायांकन, बसन्त सापकोटाको संगीत, प्रकाश पुरीको लेखन, विपिन मल्लको सम्पादन, सम्राट बस्नेतको द्धन्दनिर्देशन, कविराज गहतराजको नृत्यनिर्देशन रहने बताइएको छ । फिल्मको सुटिङ तिहार पछि काठमाण्डौ र चितवनमा गरिने छ । यो फिल्मलाई २०७१ सालमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।