Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फ्रेन्डस मुहर्त : ढुवानीकी आइटम गर्ल हिरोइन

फिल्मीखबर, काठमाण्डौ, 2013/10/05

घटस्थापनाको अवसर पारेर फिल्म 'फ्रेन्डस' (साथी) निर्माणको घोषणा गरिएको छ । सह -निर्देशनमा सक्रिय सजन श्रेष्ठ फ्रेन्डस मार्फत निर्देशक बन्दैछन् । उनले गोर्खा रक्षक, शासन, कसम र काठमाण्डौ गरी करिब एक दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका छन् ।

 

सत्य घटनामा आधारित फ्रेन्डस फिल्म मार्फत कलरिष्ट सुदिप श्रेष्ठ निर्माता बन्दैछन् । फिल्मका अर्का निर्माता विकास शर्मा हुन् । ढुवानी फिल्ममा 'छलछल छल्कियो..' बोलको आइटम गीतमा कम्मर मर्काएकी अर्चना देलाल 'फ्रेन्डस' मार्फत हिरोइन भएकी छिन् । फिल्ममा उनी मुख्य महिला पात्र हुन् । फिल्म 'फ्रेन्डस'को असोज १९ गते नयाँ बानेश्वर स्थित अल्फा विटा हाउसमा शुभ मुहर्त गरियो ।

 

 

निर्देशक सबिर श्रेष्ठको क्ल्याप र बद्री अधिकारीको एक्सनमा कलाकारहरु शोहित मानन्धर, रायन खड्का र कुमार वाग्लेको मुर्हत सट दिए । निर्देशक आकाश अधिकारीले नरिवल फोरे भने कलाकार संघका अध्यक्ष नवल खड्काले क्यामेराको स्विच अन गरे । फ्रेन्डस फिल्मका नव निर्देशक सजन श्रेष्ठले गुरुहरु बद्री अधिकारी, आकाश अधिकारी र शविर श्रेष्ठलाई खादा र फुलको गुच्छा दिएर सम्मान गरेका थिए । तीनै निर्देशक गुरुहरुले सजनलाई सफलताको शुभकामना दिदै टिका लगाइदिए ।

 

 

दशैं पछाडी छायाँकन प्रारम्भ हुने फिल्ममा आर्चना, शोहित, रायन र कुमारको साथमा रवि गिरी, रेश मरठ्ठा, एलिश राणा लगायतको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेल र सिओडी व्यान्डको संयुक्त संगीत छ । यसअघि राजेश हमाल र करिष्मा मानन्धरलाई लिएर साथी नामक फिल्म निर्माण भईसकेको छ ।