आमा र छोरा बिचको द्धन्द्धलाई मुख्य रुपमा उठाइएको सामाजिक फिल्म 'कुण्ठा'को प्रोमोश्नल गीत सार्वजनिक गरिएको छ । प्रस्तुत गीतमा किरण माईकलको शब्द, स्वर तथा संगीत रहेको छ ।
फिल्म 'कुण्ठा'मा अभिनेत्री मौसमी मल्ल मुख्य रोलमा प्रस्तुत भएकी छिन् । अनुप गिरीको निर्देशन एवम् सम्पादनमा निर्माण भएको फिल्म 'कुण्ठा'मा रोविन पोखरेल अभिनेत्री मल्लको छोराको रुपमा प्रस्तुत भएका छन् । रिलिज डेट फाइनल नगरिएको फिल्म 'कुण्ठा'लाई साईन इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
फिल्ममा निरज कँडेलको क्यामेरा एवम् हिमाल श्रेष्ठको सहायक निर्देशन छ । फिल्ममा मौसमी मल्ल र रोविन पोखरेल सहित सुरज केसी, सुवास गजुरेल, गणेश सापकोटा, अमृतांस महजु घिमिरे लगायतको अभिनय छ ।

