Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमालले पनि नाटक खेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/01

फिल्म क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका अभिनेता राजेश हमाल नाटक तिर सोझिएका छन् । नाटकका कलाकारहरू फिल्म तर्फ झुकिरहेको अवस्थामा हमालले भने नाटक खेल्ने इच्छा देखाएका हुन् ।

 

भारतीय लेखक स्वदेश दिपकको 'कोर्ट मार्सल' (सेनाको अदालत) नाटकको नेपाली रुपान्तरणमा अनुप बरालले निर्देशन गर्न लागेका छन् । 'समय मिलेसम्म राजेश जीले नाटक खेल्ने इच्छा देखाउनु भएको छ,' एक्टर्स स्टुडियो सञ्चालन गर्दै आएका अभिनेता तथा निर्देशक बरालले भने- 'उहाँले धेरै बर्ष अगाडी देखि देखाउनु भएको इच्छालाई अन्तत: पूरा गर्न कस्सिएको छु ।'

 

यता अभिनेता हमालले पनि पहिले देखि नै नाटक मन पर्ने बताउँदै अहिले आएर नाटकका लागि समय निकाल्ने प्रयत्न गरेको बताए । आफूलाई नाटक अत्याधिक मन पर्ने भएकाले पनि खेल्ने इच्छा व्यक्त गरेको हमालको भनाई छ । राजेश कर्णेल रूपक सिंहको भुमिकामा नाटकमा देखिने छन् ।
 

मंसिर महिना तिर प्रदर्शन गर्ने तयारीका साथ अनुपले हमाल सहित बिएस राणा, दिलभुषण पाठक, दिया मास्के, दयाहाङ राईलाई रिहर्सल गराउँदै छन् । चर्चित थिएटर अभिनेता सुनिल पोखरेललाई समेत समावेश गर्ने सम्भावना रहेको बताउँदै निर्देशक बरालले आफू पनि उक्त नाटकमा देखिने बताए । सेनाको संगठनभित्र हुने जातीय विभेद तथा ठूलो र सानो पदबीच हुने द्वन्दमा आधारित उक्त नाटकमा हमालले कस्तो छाप छोड्लान् ? प्रतिक्षाको बिषय बन्ने छ ।