Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

एमाओवादीले बनायो कलाकारलाई भोट माग्ने भाँडो

फिल्मीखबर, काठमाण्डौ, 2013/10/01

राजेश हमाल, रेखा थापा र भुवन केसीको चर्चा सुनिए पनि अन्ततः एमाओवादीको चुनावी गीतमा आयुष रिजाल, मुकेश ढकाल र उमा बेबीले कम्मर मर्काएका छन् । उदित नारायण झाले समेत स्वर दिएको गीतको हाल विरगञ्जमा सुटिङ भैरहेको छ । 'गम् गम् गम्के धर्तीकी माते.....' बोलको गीतलाई कमल राईले निर्देशन गर्दैछन् ।

 

निर्देशक राई भन्छन्- 'यो कुनै पार्टीको भन्दा पनि राष्ट्रिय गीत हो ।' राष्ट्रिय गीत भनिए पनि राजेश हमालले निश्चित पार्टीमा आफु सिमित नहुने र भुवनले विपरित पार्टीले प्रचार गर्ने गीतमा ननाच्ने प्रतिक्रिया दिएका थिए । एमाओवादीकै कमरेड रेखा थापा भने फिल्म र चुनावी दौडधुपले नाच्न सकिनन् । यद्पी काली रेखाले समय मिलेसम्म गीत सुटिङको लागी विरगञ्ज जाने बताएकी छिन् ।

 

करिब एक साता लगाएर खिचिएको भिडियो गीतलाई एमाओवादीले चुनावमा भोट माग्ने भाँडोको रूपमा प्रयोग गर्ने बुझिएको छ । पछिल्लो समय नेताहरूको छबि राम्रो नहुनुले कलाकारहरूलाई पार्टी प्रवेश गराउनु र चुनावी प्रचारमा समेत कलाकारलाई प्रयोग गर्न पार्टीहरू हानथाप गरेको देखिएको छ । जनतासामु नेताको भन्दा कलाकारको छबि राम्रो हुनुले पनि यस्तो गरिएको बिश्लेषण हुन थालेको छ ।