Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१३७ भिलेनसँग लडेकी हेमाको हाँसिया कस्तो होला ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/01

प्रायजसो फिल्ममा भिलेनसँग हिरो (पुरूष पात्र) लडेको देख्न सकिन्छ । यदाकदा फिल्ममा भने हिरोईनहरू पनि एक्सन गर्ल बनेर भिलेनसँग जुहारी खेलेको नदेखिने हैन । तर, भर्खरै मात्र सुटिङ सकिएको फिल्म 'हँसिया'मा भने नवनायिका हेमा श्रेष्ठले १३७ भिलेनलाई लडाएकी छिन् ।


हँसिया पूर्ण रूपमा एक्सन प्रधान भएकाले ८ महिनाको एक्सन प्रशिक्षण पश्चात हेमालाई मौदानमा उतारेका डेब्यू निर्देशक मिलन चाम्सले झण्डै डेढ सय भिलेनसँगको द्धन्दका सिन खिच्न गार्‍हो भएको बताए । 'हामीलाई निकै च्यालेञ्जिङ भयो,' उनले भने- 'राम्रो टिम वर्क र हेमाको मेहनतले गर्दा हामी सोचे अनुसारको फिल्म तयार पार्न सफल भएका छौं ।' सुटिङका दौरानमा हिरोईन सहित केहि फाईटरहरू घाईते र बिरामी हुँदा भने केहि समस्या परेको उनको भनाई छ ।

 

एउटा गीतको सुटिङ बाँकी राखेर ७६ दिनमा सुटिङ प्याकअप गरेका मिलनले यहि साता भित्रमा प्रोमो सार्वजनिक गर्दैछन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर जनवरी पहिलो साता तिर युके र हङकङमा समेत हँसियाको रेड कार्पेट प्रिमियर गर्ने तयारी समेत गरेका मिलनले १३७ जना भिलेनसँग हिरोईनको फाईटलाई प्रोमोमा देखाउलान् त ? उनी भन्छन्- 'फिल्ममा भएका आकर्षक स्टण्ट र डरलाग्दा फाईटका सिनहरू प्रोमोमा समावेश गरिने छैन ।' दर्शकले हलमा नै गएर त्यसको मज्जा लिन सक्ने उनको भनाई छ ।

 

 

सामाजिक अपराधको कथा बोकेको फिल्म हँसियामा हेमा सिआईबी अफिसरको भुमिकामा प्रस्तुत भएकी छिन् भने अभिनेता राजेश हमाल सिआईबी प्रमुखको भुमिकामा देखिंदै छन् । दुर्गा घलेको प्रस्तुतीमा सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको पनि लगानी रहेको यस फिल्ममा अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणाको साथमा बालकलाकार प्रशंशा शाहको पनि अभिनय हेर्न सकिन्छ । यस्तै फिल्ममा पहिलो मिस नेपाल रूवी राणाको पनि बिशेष भुमिका रहेको छ ।

 

 

सामाजिक अपराधलाई चिरफार गर्ने फिल्म 'हाँसिया'को लेखन अनुप सापकोटाले गरेका हुन् । यस्तै फिल्ममा राजकुमार उप्रेतीको द्धन्दनिर्देशन, रामकुमार केसीको छायाँकन, रेनशा राईको करियोग्राफी तथा कल्याण सिंहको संगीत रहेको छ । यो फिल्म चाम्स इन्टरटेन्मेन्टको व्यानरमा तयार हुँदैछ । नेपालमा यो फिल्मलाई फाल्गुन महिना तिर रिलिज गर्ने लक्ष्य राखेको निर्देशक चाम्सले बताए ।