पर्दामा प्रदर्शनरत फिल्म मौनमा दर्शकले अर्पण थापा र नम्रता श्रेष्ठको साथमा अर्का एक क्यूट हिरोलाई पनि हेर्न पाउने छन् । तर, लामो सम्म भने पर्दामा उनी देखिने छैनन् ।
फिल्मको मध्यान्तर अगाडी देखिने उनी छोटो समयमै हराउँछन् । मौन रहेकी नम्रता श्रेष्ठसँग उनी समीपमा देखिन्छन् । को होलान् त मौनमा लुकाइएका क्युट हिरो ? नझुक्किनुस् । मिस यू फिल्ममा नम्रताको अपोजिट भएर रजतपटमा डेव्यु गरेका कुशल अभिनेता वरूणलाई मौनमा अतिथी भुमिकामा देख्न सकिन्छ ।

म्यूजिक भिडियो तथा मोडलिङ्मा व्यस्त वरुण फिचर फिल्ममा भने मिस यू पछि ब्याक भएका छैनन् । नम्रताले गरेका केहि म्युजिक भिडियोमा निकै नजिकका साथी समेत रहेका वरूण जोडीको रूपमा प्रस्तुत भएका छन् ।
सुरज भूषाल निर्देशित फिल्म मौनमा अर्पण, नम्रता र वरुणको साथमा रश्मी भट्ट, बसन्त भट्ट मुख्य रोलमा छन् । निर्देशक भूषाल र नविन गौलीको संयुक्त लगानी रहेको मौन शहरका मल्टीप्लेक्समा राम्रै चलिरहेको रिपोर्ट छ ।

