Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

झरना थापा युरोप उड्ने, परिवारमा शोक कायमै

फिल्मीखबर, काठमाण्डौ, 2013/09/30

अभिनेत्री झरना थापा युरोप यात्रामा निस्कने भएकी छिन् । असोज २५ गते फुलपातीको दिन युरोप उड्ने अभिनेत्री थापाले बताइन् । युरोपका वेल्जियम, जर्मन, फ्रान्स लगायतका शहरमा झरनाले 'बाह्र हाते पटुकी.....'मा आकर्षक नृत्य प्रस्तुत गर्नेछिन् ।

 

युरोपको नेपाली नाइट नामक संस्थाले करिब आधा दर्जन शहरमा साँस्कृतिक कार्यक्रम राखेको छ । झरनासँगै सिङगर दिपक बज्रचार्य पनि युरोप यात्रामा निस्कदै छन् । झरनाले दुई महिना जसो युरोप यात्रामा रहने जानकारी गराइन् । तिहार पछि हुने नेफ्टा अवार्डका लागी युरोपबाटै मलेसियामा आउने झरना बताउँछिन् । ६ औं नेफ्टा अवार्डमा झरनाको विशेष नृत्य प्रस्तुती रहनेछ ।

 

झरनाको घरमा यस वर्ष दशैंको रौनक हुने छैन । भारतको तीर्थ यात्रामा निस्किएकी झरनाकी सासु आमा केही महिना अघि आएको बाढीमा हराएपछि यतिखेर पूरै थापा परिवार शोकमा छ । युरोप यात्राको तयारी गरिरहेकी झरनाले सासु आमाको कुनै खबर नआएकोमा दुःख व्यक्त गरिन् । बेपत्ता सासु आमा सकुशल हुनेमा झरना आशावादी देखिइन् । एक सय नजिक फिल्ममा अभिनय गरेकी झरना भन्छिन्- 'सासु आमा बाढीमा वेपत्ता भए देखी परिवारमा निराशा बाहेक केही छैन ।'