Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

एकादेशमा केकी र सुजाताको छोटा फिल्म उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/09/30

छोटा फिल्मको पर्व एकादेशमा 'सावित्री' र 'मानषी' फिल्म उत्कृष्ट भएका छन् । स्टुडेन्टस् फिल्म मेकरर्सको प्रतिस्पर्धामा सुजित विडारी निर्देशित फिल्म 'सावित्री' उत्कृष्ट ठहरियो । उत्कृष्टता सँगै 'सावित्री'लाई २५ हजार नगद पुरस्कार प्रदान गरियो ।

 

भवानी भिक्षुको द टाइपिस्ट कथामा आधारित 'सावित्री' फिल्मले मध्यम वर्गीय पत्नीको मनोदशालाई देखाउन खोजेको छ । अभिनेत्री केकी अधिकारी 'सावित्री' फिल्मको मुख्य पात्र हुन् । मास्टर्स तेस्रो वर्षको अन्तिम परिक्षा दिइरहेकी केकी परिक्षाका कारण पुरस्कार वितरण समारोहमा उपस्थित भइनन् । फिल्मीखबरसँगको कुराकानीमा आधा दर्जन फिचर फिल्ममा खेलेकी केकीले आफु अभिनित फिल्म उत्कृष्ट भएकोमा खुसी व्यक्त गरिन् । 'सावित्री'मा रिलिजको क्रममा रहेको फिल्म 'वनफूल'की अभिनेत्री मञ्जु देवकोटाले पनि अभिनय गरेकी छिन् ।
 

 

 

त्यस्तै किरण पोखरेल निर्देशित फिल्म 'मानषी' स्वदेशी तथा विदेशी छोटा फिल्महरुको प्रतिस्पर्धामा उत्कृष्ट भयो । यो फिल्मलाई पुरस्कार स्वरुप ३० हजार रकम प्रदान गरियो । 'मानषी'मा सुजाता कोइराला मुख्य रोलमा छिन् । मञ्जरी डेव्यु सुजाताले आफ्नो फिल्म उत्कृष्ट भएकोमा खुसी व्यक्त गरिन् । ३ दिन सम्म राजधानीमा चलेको एकादेशमा फिल्म मेला आइतबार सर्वनाम थिएटरमा सम्पन्न भयो । अन्डरग्राउन्ड टाकिजले मेलाको दोस्रो संस्करण सफल भएको जानकारी गरायो ।