Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

रेखा थापाले खेलिन् मेरी बास्सै

फिल्मीखबर, काठमाण्डौ, 2013/09/30

अभिनेत्री रेखा थापा फुलपाती (असोज २५ गते) रिलिज काली प्रोमोशन गर्न हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा देखिने भएकी छिन् । अभिनेत्री थापालाई धारावाहिक हाँस्य टेलिश्रृङ्खलामा दर्शकले ३ भाग सम्म हेर्न पाउनेछन् ।

 

काभ्रेस्थित तीनपिप्ले गाविसमा मेरी बास्सैका लागी असोज १३ गते अभिनेत्री थापाको दृश्यहरु छायाँकन गरिएको मेरी बास्सैका निर्देशक सिताराम कट्टेलले जानकारी दिए । मेरी बास्सैका धुर्मुसले भने- 'मेरी बास्सैमा रेखा थापालाई रेखा थापाकै भुमिकामा देख्न सकिन्छ । रेखा थापा मेरी बास्सैमा देखिनु हाम्रो युनिटलाई खुसीको कुरा हो ।' अभिनेत्री थापालाई मेरी बास्सैका हिट पात्र धुर्मुस, सुन्तली, खड्गा जी, फतौरी बुढी, केपी ओली लगायतका पात्रसँग देखिने निर्देशक कट्टेलले जानकारी दिए ।

 

यसअघि होम प्रोडक्सनको फिल्म किस्मत प्रदर्शनताका पनि रेखा थापा मेरी बास्सैमा देखिएकी थिइन् । माओवादी कमरेड थापालाई हाँस्य टेलिश्रृङ्खलामा खेल्दा कस्तो लाग्यो त ? उनको अनुभव छ- 'फिल्ममा भन्दा टेलिफिल्ममा अलि लाउड एक्सप्रेसन दिनुपर्ने रहेछ । तर, मेरी बास्सैमा म रेखा थापाकै भुमिकामा प्रस्तुत भएकाले खासै अनौठो लागेन । काम असाध्यै रमाईलोसँग भएको छ ।'

 

 

काली प्रचारको लागी किन मेरी बास्सै नै रोजेको ? रेखाको उत्तर छ- 'हाम्रो उद्धेश्य भनेको हरेक दर्शकले काली फिल्म फुलपातीमा रिलिज हुँदैछ भन्ने जानकारी पाउन् भन्ने हो । अहिले हाँस्य टेलिफिल्मले दर्शकलाई आकर्षित गरिरहेको अवस्था छ । मेरी बास्सै हरेक दर्शकको मन पर्ने हाँस्य टेलिश्रृङ्खला हो । म पनि मेरी बास्सै हरेक भाग नछुटाई हेर्छु । धुर्मुस मलाई मन पर्ने हाँस्य कलाकार हुन् । हामी फेरी एउटै क्षेत्रका पनि हौं । हरेक कुरा मिलेकाले मेरी बास्सैमा खेलेकी हुँ ।'

 

 

असोज १५ गते मंगलबार बेलुका ८:४५ देखी नेपाल टेलिभिजनमा अभिनेत्री थापा खेलेको मेरी बास्सैको भाग प्रसारण हुनेछ । रेखा ३ भाग सम्म देखिने छिन् । नेपालमा फिल्म प्रचारको लागी टेलिश्रृङ्खला या रियालीटि शो जाने ट्रेन्ड खासै बसेको पाइदैन । बलिउडमा भने फिल्म प्रचार गर्ने स्थानका रुपमा टेलिफिल्म र रियालीटि शो गतिलो माध्यम बन्दै आइरहेको छ । कपिलको कमेडी नाइट्स होस् या डान्स इन्डिया डान्स बलिउडमा दर्जनौ रियाली शोज र टेलिश्रृङ्खलामा फिल्मको प्रचार गर्ने गरिन्छ ।