Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब देखि फिल्मको सेन्सर विकास बोर्डमा

फिल्मीखबर, काठमाण्डौ, 2013/09/29

यसअघि सञ्चार मन्त्रालयमा हुँदै आएको फिल्मको सेन्सर अब भने चलचित्र विकास बोर्डकै हलमा हुने भएको छ । लामो समयको पहल पश्चात आफूले फिल्मको सेन्सर बोर्डमा गर्ने कार्य सफल पारेको बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले फिल्मीखबरलाई जानकारी गराए ।

 

'हामीले पहिल्लै देखि नै बोर्डमा सेन्सर हुनुपर्छ भन्ने माग राख्दै आएका थियौं,' पप्पुले भने- 'आज बल्ल आएर हामी सफल भयौं ।' अहिले बोर्डमा नेपाली फिल्म 'झोला'को सेन्सर भएको पप्पुले जानकारी गराए । साहित्यकार कृष्ण धरावासीको चर्चित निबन्ध 'झोला' माथि यादव भट्टराईले निर्देशन गरेको झोलालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट पनि दिएको छ ।

 

सेन्सर बोर्डमा नयाँ अध्यक्ष उमाकान्त पराजुली आएपछि बोर्डमा नै सेन्सर हुनुलाई पनि अर्थपूर्ण तरिकाले हेरिएको छ । यसअघि शुशिल ओझाको कार्यकालमा चलचित्र संघमा फिल्मको सेन्सर हुने गरेको थियो भने नारायण सञ्जेल अध्यक्ष हुँदा अधिकांश फिल्मको सेन्सर सञ्चार मन्त्रालयमा हुने गरेको थियो ।