Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

रेखा र विराजले गरे मस्ती (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/25

रेखा फिल्मसको कालीसँग फुलपातीमा प्रतिस्पर्धा गर्न आएको भोजपुरी फिल्म दामिनीको गीत रिलिज गरिएको छ । 'मेरो माया.. ' बोलको गीतलाई फिल्मीखबर मार्फत सार्वजनिक गरिएको हो ।

 

 

फिल्ममा विराज भट्ट र रेखा थापाको मुख्य अभिनय छ । कालीमा पनि रेखा नै मुख्य रुपमा देखिएकी छिन् । फिल्म असोज २५ मा अल नेपाल रिलिज हुँदैछ । सुनिल कुमार निर्मित फिल्मलाई मनोज नारायण र सानु शाक्यले निर्देशन गरेका हुन् । भोजपुरी भाषामा प्रदर्शन भई सफलता प्राप्त गरेको यो फिल्मको नेपाली भाषामा पनि केहि भाग छायाँकन गरिएको थियो ।

 

 

काली वितरणको जिम्मा रेखाका पूर्व पती छविराज ओझाले लिएपछि मनोज राठी समुहले भोजपुरी फिल्म दामिनीलाई सोही मितिमा प्रदर्शन गर्न लागेको हो । रेखाको कालीलाई सुरुमा मनोज राठी समुहले वितरणको जिम्मा लिएको थियो । फुलपातीमा रेखाकै फिल्म ल्याएर कालीलाई राठी समुह प्रतिस्पर्धामा उत्रिएको छ । मैदानमा को विजेता हुन्छ ? खेल रोचक हुने आँकलन छ ।