Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

राजेशलाई मनिषाले भनिन्, `१ वर्ष आराम गर्छु`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/25

अभिनेत्री मनिषा कोईराला तत्काल अभिनयमा सक्रिय हुने कुरा टरेको छ । मनिषाले अझै १ वर्ष आराम गर्ने बताएकी छिन् । पाठेघरको क्यान्सर मुक्त जिवन बिताइरहेकी मनिषाले यो कुरा आफ्ना साथी सर्कललाई साट्दै आएकी छिन् ।

 

 

हिजो मंगलबार मात्रै गायक राजेश पायल राई मण्डीखटार मनिषा निवासमा पुगेका थिए । फिल्मीखबर समक्ष राजेशले भने- 'म्यूजिक भिडियो र विज्ञापन खेल्ने प्रस्ताव लिएर उहाँकै निवासमा भेट्न पुगेको थिएँ । तर, उहाँले एक वर्ष सम्म आराम गर्ने बताउनु भयो ।' कोईराला निवासमा अर्गानिक चिया पिएका राजेशले थपे- 'एक बर्षसम्म भिडभाड र घामबाट टाढै रहने उहाँको भनाई थियो । एक बर्ष पछि भने उहाँले अभिनयमा सक्रिय भएर लाग्ने कुरा गर्नुभयो ।'

 

राजेशले पनि भिडियो र एडका लागी मनिषालाई एक बर्ष सम्म नै कुर्ने मनस्थिति बनाएका छन् । मुम्बईबाट फर्किएपछि मनिषा अहिले योगा र ध्यानमा केन्द्रित छिन् । भर्खरै नेपालमा सम्पन्न अन्र्तराष्ट्रिय क्यान्सर गोष्ठीमा सहभागीता जनाएकी मनिषा अर्गानिक खाद्यन्न मात्रै प्रयोग गरिरहेकी छिन् ।