Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवसरवादी भुवन : एमाले छाडेर राप्रपा प्रवेश, झापाबाट चुनाव लड्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/09/25

सिफारिसमा परेर पनि नाम हटाईएको भन्दै अभिनेता भुवन केसी एमाले पार्टी त्याग गर्दै राप्रपा पार्टी तिर सोझिएका छन् । अभिनेता केसीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका हुन् ।

 

राप्रपा पार्टी कार्यालय सुकेधारमा औपचारिक स्वागत कार्यक्रम राखिए पनि अभिनेता केसी भने उपस्थित भएनन् । उनका भाई प्रज्जवल केसीले प्रेशर लो भएर स्वास्थ्य जाँच गराउन अस्पताल गएकाले कार्यक्रममा सहभागी नभएको जानकारी दिए । अध्यक्ष थापाका प्रेस सल्लाहाकार मोहन श्रेष्ठले भने मिडिया फेस गर्न नचाहेर अभिनेता केसी कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए ।

 

सल्लाहाकार श्रेष्ठको जानकारी अनुसार अभिनेता केसीले असोज ८ गते नै राप्रपा पार्टीको सदस्यता पत्र लिइसकेको छन् । भुवन केसीलाई झापा क्षेत्र नम्वर २ बाट राप्रपाले प्रत्यक्ष संविधान सभाको चुनावमा उठाउने समेत तयार भैरहेको उनले बताए । संविधान सभाको निर्वाचनमा एमाले पार्टीले अभिनेता केसीको नाम काठमाडौं क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फ सिफारिस गरेपनि पछि हटाएको थियो ।

 

 

एमालले टिकट नदिएको झोकमा भुवन राप्रपा प्रवेश गरेको भन्ने धेरैको विश्लेषण छ । यसबारे भुवनले भने मुख खोलेका छैनन् । प्रौढ कलाकार शैलजा पाण्डेले पनि राप्रपा प्रवेश गरेकी छिन् । उनलाई अध्यक्ष थापाले अविर माला लगाएर पार्टी प्रवेश गराए । कलाकारलाई पार्टी प्रवेश गराउन राजनीतिक दल बिच प्रतिस्पर्धा नै चलेको छ ।