बद्नामै ठिक । जिया केसीको चर्चा राम्रै चल्छ । उनले अभिनय गरेका कमै फिल्म परिवार मैत्री छन् । र, पनि जिया भन्छिन्- 'मैले सबैले हेर्न मिल्ने फिल्म खेलेको छु ।' जियाको यस्तो बोली सेन्सर फेल फिल्म 'एटीएम' देखी 'बर्बाद' सम्म सुनिदै आएको छ ।
गंगामै गएर नुहाएपनि एक जमात जियालाई फिल्म कलाकार भन्दा पनि छाडा नायिकाको रुपमा व्याख्या गर्छ । निर्देशक दिपक श्रेष्ठको फिल्म 'हो यहि माया हो'मा पहिलो पटक सभ्य भएर देखिएकी जिया दिपककै फिल्म 'रङ वे'मा भने बडो उच्छृङख भइन् । उनको वक्षस्थबाटै पुरुष कलाकारले हात लगाएर ब्रा खोलिदिए । तर, पनि जिया भन्छिन्- 'म कसैकी छोरी हुँ, भोली कसैको श्रीमती बन्नु पर्छ ।'
कसैको छोरी र कसैको श्रीमती बन्ने ध्यान राख्ने जिया समाजको मतलब किन गर्दिनन् ? भलै जियाले अर्को पोर्न जस्तो लाग्ने फिल्मको प्रेस समारोहमा दोर्याइन्- 'समाजको मर्यादा मलाई पनि थाहा छ । समाजको मर्यादा भन्दा बाहिर गएको छ जस्तो लाग्दैन ।' आफु समाजको मर्यादा भित्र रहेको भन्दै जति पानी माथिको ओभानो बन्न खोजे पनि जियाको असली रुप थाहा नपाउने दर्शक कमै होलान् ।
थाहा नपाउने दर्शकले जिया अभिनित फिल्मको प्रोमो र पोस्टर्स हेर्दा कसो चाल नपाउँलान् र ?

