Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

स्वास्थ्यमा सुधार आएपनि हिड्न सक्दैनन् निर्देशक रेग्मी

फिल्मीखबर, काठमाण्डौ, 2013/09/24

दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीको स्वास्थ्यमा केही सुधार आएको बताईएको छ । स्वास्थ्यमा विभिन्न उतारचढाव आएपछि किड्नी टान्सप्लान्ट गर्न ढिलाई भई ओच्छायानमै रहेका रेग्मी हिड्न भने नसक्ने अवस्थामा छन् ।

 

कमजोर भएका कारण चार दिन देखि हिड्न सकेको छैन,' निर्देशक रेग्मीले भने- 'अरू समस्या भने केहि छैन, चिन्ता लिन पर्दैन ।' उनले यस्तो रोग अरू कसैलाई नलागोस् भन्दै आफूलाई सहयोग गर्ने र माया गर्ने सम्पूर्ण फिल्मकर्मी, शुभचिन्तक तथा सहयोगीहरूलाई धन्यवाद दिए ।

 

विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन सहायता कोष बेल्जियमले ५० हजार रूपैंया र पदम गुरुङ अध्यक्ष रहेको यूरो नेपाल कलाकारसंघले ३० हजार रूपैंया सहयोग स्वरूप आफ्नो हातमा पारिदिएपछि निर्देशक रेग्मीले धन्यवाद व्यक्त गरे । कलाकार अधिकारीकी छोरी सुष्माले कलाकार रमेश बुढाथोकीको सक्रियतामा रेग्मीको घर पुगेरै उक्त रकम प्रदान गरेकी थिईन् ।

 

 

निर्देशक रेग्मीको एउटा किड्नी टान्सप्लान्ट आउँदो मंसिर महिनाको पहिलो साता गरिने बताईएको छ । स्वास्थ्यमा सुधार नआएपछि रेग्मी किड्नी टान्सप्लान्ट रोकिएको हो । निर्देशक रेग्मीका भाईले आफ्नै किड्नी सहयोग गर्दैछन् । रेग्मीलाई यस अघि चलचित्र बिकास बोर्डले  पाँच लाख, यूकेमा रहेकी ईशा गुरुङले ५० हजार, चलचित्र संघले १ लाख उपचारार्थ सहयोग रकम प्रदान गरिसकेको छ ।