मंसिर १४ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘उर्वशी’को फर्ष्ट लुक पोष्टर सार्वजनिक भएको छ। मंगलवार ठुलोपर्दा डटकमबाट सार्वजनिक पोष्टरमा किशोर खतिवडा र निता ढुंगानालाई राखिएको छ।
मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’लाई हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेका छन्। किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ (डेब्यू), मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगाएतका कलाकारहरुको अभिनय गरेको यो चलचित्र “मायामा तड्पिएका लागि, माया गर्न सिक्नेहरुका लागि साथै माया गरिसकेकाहरुको लागि” बनाईएको निर्देशक पन्थले बताए।
चलचित्रमा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, सानु कुमार महर्जनको द्वन्द्व, बब्लु थापाको नृत्य र दिव्यराज सुवेदीको छायांकन रहेको छ। चलचित्रमा समावेश गीतमा शंकर अधिकारी ‘घायल’, सन्तोष अग्रहरी, जानकी पन्थ र कृष्ण कार्कीका शब्द तथा राजेश पायल राई, ईन्दिरा जोशी, सन्तोष लामा, प्रविशा अधिकारी, रजिना रिमाल, आकांक्षा बस्याल र अर्जुन कौशलको स्वर रहेको छ।
बुटवल, पाल्पा, लुम्बिनी, त्रिवेणी लगाएतका स्थानहरुमा ‘उर्वशी’ छायांकन गरिएको छ।
- See more at: http://thuloparda.com/?p=829#sthash.gS5MiHtd.dpuf
मनिष पन्थको लेखन तथा निर्देशन रहेको फिल्म ‘उर्वशी’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा नेपाली हिरो किशोर खतिवडाको टाउको हलिउड फिल्म ‘स्निच’का हिरो ड्यान जोनसनको शरिरमा लगेर जोडिएको छ ।

मंसिर १४ गते नेपालभर रिलिज हुन लागेको प्रस्तुत फिल्ममा किशोर खतिवडा र निता ढुंगाना मुख्य भुमिकामा छन् । हिमगिरी फिल्मस्को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेको नारि प्रधान यो फिल्ममा अभिनेत्री अरूणिमा लम्सालको पनि बिशेष भुमिका रहेको छ । अरूणिमा लामो समयपछि यसै फिल्म मार्फत व्याक भएकी हुन् । फिल्ममा किशोर श्रेष्ठ (डेब्यू), मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगायतको पनि अभिनय रहेको छ ।
फिल्ममा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, सानु कुमार महर्जनको द्धन्दनिर्देशन, बब्लु थापाको नृत्यनिर्देशन र दिव्यराज सुवेदीको छायांकन रहेको छ । बुटवल, पाल्पा, लुम्बिनी, त्रिवेणी लगाएतका स्थानहरुमा ‘उर्वशी’ छायांकन गरिएको हो ।

