गोपीकृष्ण मुभिज प्रालीका संस्थापक अध्यक्ष उद्धव पौडेलका पिता गायत्री प्रसाद पौडेलको मंगलबार निधन भएको छ ।
क्यान्सर रोगका कारण निधन भएका ९७ बर्षिया गायत्रीको साँझ ६ बजे पशुपती आर्यघाटमा दाहसंस्कार गरिंदै छ । अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न फिल्मकर्मीहरू पशुपती आर्यघाट पुग्दैछन् ।
यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा फिल्मीखबर परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

