Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

दशैं प्रसंग : प्रियंका र नन्दिता बली बिरोधी, रेखाको दौडधुप

फिल्मीखबर, काठमाण्डौ, 2013/09/24

अभिनेत्री प्रियंका कार्कीलाई दशैंको कुन पक्षले आकर्षण गर्ला ? विभिन्न रङमा रंगिएका घर या विभिन्न परिकार ? सुन्तली सुटिङको लागी बन्दीपुरमा रहेकी प्रियंकालाई दशैंका यस्ता पक्षले खासै आकर्षण गर्दैनन् ।

 

प्रियंकालाई दशैंको कुन पक्षले आकर्षण गर्छ त ? भन्छिन्- 'दशैंको हरियाली र मन्द चिसो वातावरणले मलाई आकर्षित गर्छ ।' दशैंको मन नपर्ने पक्ष बारे प्रियंका भन्छिन्- 'दशैंमा दिइने पशु बली मन पर्दैन । म यसको बिराधी हुँ ।' प्रियंकाले आफ्नो घरमा पनि पशु बली नदिइने बताइन् । तर, प्रियंका यस वर्षको दशैंको यो मनमोहक वातावरणबाट टाढा रहनेछिन् । प्रियंका साँस्कतिक कार्यक्रम लिएर उनी कतार उड्ने छिन् ।

 

अभिनेत्री रेखा थापाको दशैं दौडधुपमा बित्दैछ । फिल्म र चुनावी प्रचारमा रेखा व्यस्त हुनेछिन् । काली रेखा भन्छिन्- 'व्यस्तताको बावजुद पनि दशैंमा रमाइलो गर्ने कोशिस गर्नेछु ।' रेखाको काली फिल्म (असोज २५ गते) फुलपातीमा रिलिज हुँदैछ । फिल्म र चुनावी प्रचारबाट बचेको समयमा उनी टिका थाप्न गृह जिल्ला मोरङ जाने छिन् ।

 

 

त्यस्तै अभिनेता सौगात मल्ल दशैं अगाडीसम्म फिल्म उत्सवको सुटिङमा व्यस्त हुनेछन् । सुटिङलाई ब्रेक दिएर सौगात टिका थाप्न गृह जिल्ला चितवन जाने बताउँछन् । सौगात भन्छन्- 'दशैंलाई म आराम गर्ने अवसरको रुपमा लिन्छु ।' हाँस्य अभिनेत्री दिपाश्री निर्रौलाको दशैं पारिवारिक जमघट बिच बित्नेछ । दिपा दशैं मनाउन गृह जिल्ला मोरङ जानेछिन् । दिपा भन्छिन्- 'हामी हरेक दशैं बुवा भएकै घरमा मनाउँछौ ।'

 

अभिनेत्री नन्दिता केसीको दशैं सदाका जसो यसपाली पनि जन्मथलो अर्घाखाँचीमा नै हुनेछ । फिल्मको सुटिङबाट केहि समयदेखि टाढा रहेकी नन्दितालाई दशैंमा के मन पर्छ त ? उनी भन्छिन्- 'निधारमा भरिएको टिका र केशमा सजिएको जमराको साथमा म भन्दा ठूलाले दिएको आसिर्वाद मन पर्छ ।' प्रियंकालाई जस्तै नन्दितालाई पनि बली चढाएको मन पर्दैन । 'हाम्रो चलिआएको चलन भए पनि कसैको ज्यान मारेर खुसी हुनु राम्रो हैन,' उनले भनिन् ।

 

 

अभिनेता गजित बिष्टले पनि यसपालीको दशैं कतारमा मनाउने भएका छन् । साँस्कृतिक कार्यक्रमका लागि गजित राजेश हमाल, प्रियंका कार्की, सुमिना घिमिरे, शिब परियारको साथमा कतारका दर्शकमाझ दशैंमा झुम्नेछन् । आफन्तजनसँग लामो समयपछि भेटघाट हुने अवसर मिल्ने भएकाले मनैबाट मनपर्ने चाडको रूपमा दशैंलाई लिने गजितले दशैंमा खेलिने जुवातासको आफू बिरोधी रहेको बताए ।