Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

चल्न छाडे लुट र चपली हाइटलाई पछ्याउने फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2013/09/22

युवा आकर्षणको लुट र सेक्स कन्टेन्टको चपली हाइटलाई पछ्याएका फिल्म धमाधम फल्प हुने क्रम जारी छ । ब्लकबस्टर फिल्मका थिममा बनेका फिल्मको व्यापार शून्य भएपछि लुट र चपली हाइटको थिम फेल खादै गएको विश्लेषण हुँदैछ ।

 

लुटकै नाम र कन्सेप्ट कपी गरिएको लुट कम्पनी होस या चपली हाइट भन्दा उत्तेजक दृश्य र संवाद रहेको द लास्ट किस र एटिएम । यस्ता फिल्म हेर्ने हलमा दर्शकको भिड देखिएन । यौन उत्तेजनाका फिल्म फल्प हुने क्रममा गत शुक्रबार प्रदर्शनमा आएको खेताला पनि रह्यो । प्राण भन्दा प्यारो, दुश्मनी मध्ये यो फिल्म व्यापारिक दौडमा पछाडी रह्यो ।

 

प्राप्त रिपोर्ट अनुसार प्रदर्शनमा आएको दुश्मनी, प्राण भन्दा प्यारो र खेताला क्रमिक व्यापारिक दौडमा छन् । यी फिल्मले निर्माताको लगानी सुरक्षित नगराउने लभगभ पक्का जस्तै । बिदाको दिनमा समेत यी फिल्म हेर्न दर्शकको घुइँचो खासै नभएको हलवाला बताउँछन् । हलवाला भन्छन्- 'फिल्म हेर्ने दर्शक दशैंको बजारमा व्यस्त छन् ।'