नेकपा एमालेबाट संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको काठमाण्डौ क्षेत्र नम्वर १ बाट सिफारिसमा परेका अभिनेता भुवन केसीको नाम हटाइएको छ । एमालेले भुवनको नाम हटाएर सावित्रा भुषालको नाम थपेको छ । विदुर मैनाली र सपना प्रधान मल्लको नाम यथावत नै छ ।
अभिनेता केसीले प्रत्यक्ष तर्फबाट पार्टीले आफ्नो नाम हटाएको बारे केही बोल्न चाहेनन् । भुवनले भने- 'यस बारेमा पार्टीलाई बुझ्दा राम्रो होला ।' उनले प्रत्यक्ष नभए पार्टीले आफुलाई समानुपातिक तर्फबाट संविधान भवनमा तान्ने आशा व्यक्त गरे ।
अभिनेत्री रेखा थापा भने एमाओवादीको तर्फबाट पर्सा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फको सिफारिसमा परेकी छिन् । प्यूठान क्षेत्र नम्वर २ मा नेपाली काङ्ग्रेसले अर्का फिल्मकर्मी रोज राणाको सिफारिस गरेको छ ।

