Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

राजेशलाई करिष्माले भनिन्- `तिमी मेरो सिउँदोको सिंदूर`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/21

'तिमी त मेरो प्राण हौ, सिउँदोको सिन्दुर हौ...' गीतले यसो भने पनि अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको रियल लाईफमा यस्तो कहिलै हुन सकेन, न त अगामी दिनमा हुन्छ नै ।

 

धेरै फिल्ममा एक अर्काको प्राण बनिसकेका अभिनेता हमाल र अभिनेत्री मानन्धरलाई दर्शक तथा शुभचिन्तकले रियल लाईफको जोडीको रुपमा  देख्न खोजे पनि त्यो चाहना मात्र पर्दामा सिमित छ । रियलमा करिष्मा निर्माता बिनोद मानन्धरकी धर्मपत्नी हुन् भने राजेश मधु भट्टराईको प्रेमी ।


राजेन्द्र शलभको फिल्म भाउजुमा एक अर्काको जोडी भएर ठूलो पर्दामा देखिएका हमाल र मानन्धर म्यूजिक भिडियोमा पनि जोडीको रुपमा देखिन थालेका छन् । यी दुईले शनिबार मात्रै प्रशन्न पौडेलको निर्देशन रहेको म्यूजिक भिडियोमा श्रीमान श्रीमती भएर अभिनय गरे । गीतकार उषा श्रेष्ठको रचनालाई माण्डवी त्रिपाठीले स्वर दिएको गीतमा दीपक शर्माले संगीत भरेका छन् ।


'मेरो चाहना धेरै पहिले देखिको थियो उहाँहरुलाई लिएर काम गर्ने, गीत अनुसारको यो मौका मिल्यो,' गोदावारी स्थित सुटिङ स्पटमा एक्सन कट भनिरहेका निर्देशक पौडेलले भने । राजेश र करिष्माको जोडी अहिले पनि उत्तिकै चार्मिङ रहेको सिनेमाटोग्राफर विदूर पाण्डेले तर्क गरे ।

 

 

एक हप्तामै बजारमा आउने यस म्युजिक भिडियो महानायक र करिश्माको दोस्रो हुनेछ । यस अघि उनीहरुले आलोक नेम्वाङको म्युजिक भिडियो खेलेका थिए ।