Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

किन चलेनन् ढुवानी र राजनीति ?

फिल्मीखबर, काठमाण्डौ, 2013/09/20

गत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म ढुवानी र राजनीतिको पनि अवस्था ठिक रहेन । ठिकैको मिडिया हाइप पाएका यी फिल्मको एक हप्ते व्यापार लगानी सुरक्षित गर्ने खालको रहेन । निर्माताले कति घाटा बेहोरे ? वितरकले हिसाब निकाली सकेका छैनन् ।


चेलीबेटी बेचबिखनको विषयमा आधारित ढुवानी फिल्म सोचे अनुरुप नचलेपछि निर्माता कविता श्रेष्ठ तनावमा छिन् । तर, ढुवानीले विदेश रिलिज र च्यारेटीबाट लगानी रिकभर गर्ने कविताको आशा छ । ढुवानीलाई रिलिज अगावै माईती नेपालले अल नेपाल च्यारेटी राईट लिएको छ ।


ढुवानीबाट निर्माताको लगानी नडुबे पनि निर्देशक पिताम्वर पाण्डे भने यस फिल्म मार्फत वुस्ट हुन सकेनन् । ब्याच नम्वर १६ का निर्देशकले ढुवानीबाट कुनै क्रेडिट पाएनन् । फिल्मका प्रमुख कलाकार किशोर खतिवडाले पनि ढुवानी मार्फत अभिनयको कुनै जादु छर्न नसकेको विश्लेषण रह्यो ।


अभिनेता राजेश हमाल र कोमल वलीलाई प्रचारमा ल्याएको फिल्म राजनीतिले प्रचार गरे जस्तो व्यापार गर्न सकेन । वितरकबाट एक हप्ते व्यापार प्राप्त नभएपनि निर्माता दिपक सुवेदी लगानी सुरक्षित गर्न असमर्थ रहे । दिपकलाई लगानी रिकभर गर्न अब विदेशी बजारकै सहारा लिनु पर्ने देखिन्छ ।


यही बजारबाट अन्य देशका फिल्मले करोड कुम्ल्याइ रहँदा बिदेशी फिल्मसँग सामना नगर्दा पनि नेपाली फिल्म किन फल्पको सुचिमा पर्न आउँछन् ? एक जना वितरक भन्छन्- 'चोरिएका र पाठ सिकाउने जस्ता फिल्मबाट दर्शक नेपाली फिल्म प्रति निरुत्साहित हुँदै छन् । अव्यवस्थित रिलिजबाट पनि निर्माताले नाफा कमाउन सकेका छैनन् ।'