Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

काठमाण्डौ क्षेत्र नं.१ बाट भुवनको सिफारिस : प्रचण्ड पुत्रीसँग लडाइँ !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/19

अभिनेता भुवन केसी नेकपा एमाले पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष उम्मेरद्वारका लागी सिफारिसमा परेका छन् । अभिनेता केसीसँगै १ नम्वर क्षेत्रबाट एमालेका विदुर मैनाली र सपना प्रधान मल्ल पनि प्रत्यक्ष उम्मेरद्वारको सिफारिसमा छन् ।

 

एमाले पार्टीको केन्द्रिय कमीटीको बैठकले मल्ल र मैनालीलाई पाखा लगाएर केसीलाई निर्वाचनको टिकेट उपलब्ध गराएमा उनको लडाइँ एमाओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग हुने सम्भावना छ । काठमाडौ क्षेत्र नम्वर १ बाट एमाओवादीले अध्यक्ष दाहाल पुत्रीको सम्भावनालाई प्रथामिकता दिएका छन् । नेपाली काङ्ग्रेस तर्फ भने काठमाण्डौ क्षेत्र नम्वर १ मा अभिनेता केसीको चुनावी लडाइँ प्रकाशमान सिंहसँग हुनेछ ।

 

फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै अभिनेत्री रेखा थापा पर्सा क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन् । एमाओवादीको तर्फबाट रेखाले प्रत्यक्ष चुनाव लड्ने बारे पर्साका स्थानीय नेतासँगको लवीलाई तीव्र पारेकी छिन् । त्यस्तै निर्माता तथा अभिनेता रोज राणा प्यूठान क्षेत्र नम्वर २ बाट चुनाव लड्ने चर्चा छ । गृह जिल्ला प्यूठान क्षेत्र नम्वर २ बाट नेपाली काङ्ग्रेसको सिफारिसमा रोज परेका छन् ।