Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनीति छोडेर कोरिया उडिन् कोमल

फिल्मीखबर, काठमाण्डौ, 2013/09/19

समाचार वाचिका र गायिका पछि कोमल ओलीलाई अभिनेत्रीको परिचय फिल्म राजनीतिले दियो । छुट्टै पार्टी खोलेर देशमा राजनीति गर्ने समेत मनस्थिति बनाएकी कोमलको पहिलो फिल्म राजनीति हाल देशमा प्रदर्शनरत छ ।

 

अभिनेता राजेश हमालसँग पार्दामा बाँधिएकी कोमललाई दर्शकलाई राम्रै भनिदिएका छन् । फिल्म नेपालमा चल्दै छ । तर, कोमल भने आफ्नो साँस्कृतिक कार्यक्रम लिएर हिजो (बुधबार) कोरिया प्रस्थान गरेकी छिन् । अन्य टोली (नृत्यङ्गना गीता राई, गायक डम्बर नेपाली, प्रेम प्रकाश ओली, राजु गुरुङ, टीका पुन) सँग कोमल दक्षिण कोरियाको सोलमा कोरियन चाड छुसक मनाउन त्यसतर्फ उडेकी हुन् । 

 

कोमलले अभिनय गरेको राजनीति युरोप सहित विश्वका अन्य मुलुकमा पनि रिलिज गर्ने तयारी गरिएको निर्देशक बसन्त निरौलाले बताए । गत साता फिल्मलाई स्पेनमा रिलिज गरिएको थियो ।