Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुईंकटरले ऐश्वर्य बनाउँदै

फिल्मीखबर, काठमाण्डौ, 2013/09/16

हाँस्य अभिनेता तथा निर्देशक शेखर खनाल पुरुषले फेरि फिल्म निर्देशन गर्ने भएका छन् । खनालले कामद फिल्म्सको व्यानरमा सरोज विष्टले निर्माण गर्ने फिल्म ऐश्वर्य निर्देशन गर्ने भएका हुन् ।

 


प्रेमकथा माथि बन्ने फिल्ममा कथा पुष्पराज पुरुष, पटकथा र संवाद निर्देशक खनालका साथ पुष्पराज पुरुष र नवल नेपालको, गीत निर्देशक खनालका साथ पुष्पराज पुरुष र मदन सिटौलाको, नृत्य शंकर विसीको रहनेछ । ऐश्वर्यमा पुष्पराज पुरुष र महिमा सिलवाल कलाकारको रूपमा फाईनल छन् भने अन्य कलाकार र प्राबिधिकको छनोट कार्य बांकी रहेको निर्देशक खनालले जानकारी गराए । फिल्मको सुटिङ डेट फाईनल गरिएको छैन ।

 


थुप्रै सानो पर्दाको र केहि ठूलो पर्दाको फिल्ममा अभिनय गर्दै आएका निर्देशक खनाल पछिल्लो समयमा नेपाल टेलिभिजनको झ्याईंकुटी झ्याईंको भुईंकटर नामक पात्रबाट चिनिन्छन् । उनले केहि बर्ष अगाडी होचा पुड्काको विषयलाई लिएर 'सारथी' नामक फिल्म निर्देशन गरेका थिए ।