बोल्न नसक्ने पात्रको प्रेम कस्तो होला ? फिल्म मौनले यसको जिज्ञासा पक्कै मेट्नेछ । त्यसका लागि असोज ११ गते पर्खनु पर्नेछ । अहिलेलाई भने मौन फिल्म निर्माण युनिटले बोल्न नसक्ने दुई पात्र नम्रता श्रेष्ठ र अर्पण थापाको रोमान्टिक गीत रिलिज गरेको छ ।
सुरज भुषालले निर्देशन गरेको मौन फिल्मको प्रस्तुत गीतलाई भुपेन्द्र खड्काले लेखेका हुन् भने संगीत सनुप पौडेलले दिएका छन् । यस्तै सनुपको साथमा बिमला भुषालको सुमधुर स्वर सुन्न सकिनेछ । मौनमा नविन गौलीको लगानी छ । फिल्मको कथा अभिनेता थापाले नै लेखेका हुन् ।

